logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

“जडिबुटी क्षेत्रवाट आर्थिक क्रान्त्रि गरेरै छाड्छु” भण्डारी


  • जन आकाश
  • मंगलबार, पुष २८ २०७७

बिष्णु भण्डारी अध्यक्ष जडिबुटी व्यवसायी संघ नेपाल



नेपालमा जल, जमिन र जङगल तिनवटै क्षेत्रलाई समेटेर बिकास गर्ने सपना बाड्नेहरु पनि सरकारमा गएको धेरै बर्ष भईसक्यो तर नेपालका जडिबुटीको अत्याधिक प्रयोग गरेर नेपालको उन्नति प्रगति गर्ने बिषयमा खासै चासो कसैको देखिदैन । तर त्यही जडिबुटी व्यवसायी क्षेत्रमा काम गरिरहेका व्यवसायीहरुले आफ्नै बलबुताले काम गरिरहेका छन् । हाम्रो जन आकाशले नेपालको जडिबुटी र बिश्व बजारको स्तम्भमा जडिबुटी व्यवसायी संघ नेपालका अध्यक्ष बिष्णु भण्डारीको अनुभवलाई यहा जोडेका छौ ।
स्वागत छ यहालाई हाम्रो जन आकाश मिडियाको नेपाली जडिबुटी र बिश्व बजार स्तम्भमा ।
धन्यवाद ।
कोभिडको संक्रमण र संन्त्रासपछि जडिबुटी व्यवसायी संघ नेपालको अवस्था कस्तो छ र के गदैछ । भन्दिनुस न ?
कोभिडले बिश्वलाई पारेको असरले हाम्रो व्यवसायलाई पनि छति पु¥यायो तर त्यो क्षतिको बाजबुद पनि हामीले केही नयाँ कुराहरु सिक्यौ । त्यो अनुभव र अध्ययनलाई सम्बन्धित निकायहरुसम्म पु¥याएर आउदा दिनमा जडिबुटी क्षेत्रको उन्नति प्रगति र जडिबुटी व्यवसायीहरुले ब्यहोर्न परेका समस्याको बारेमा काम गर्ने प्र¥यत्न गरिराखेका छौ । जस्तै विगतमा कुनैपनि जडिबुटी व्यवसायीहरुलाई बिना धितो बैकहरुले ऋण दिदैन थिए । मेरो नेतृत्वमा अहिले एनएमबी बैकसँग सम्झौता भएको छ । बैकले महिला उधमी, भएमा झनै ३ प्रतिशतमा र अन्य जडिबुटी व्यवसायीमो हकमा जडिबुटी व्यवसायको प्रमाण पत्र पेश गरेको आधारमा ३ देखि ५ प्रतिशत सहुलियत पुर्ण ऋण दिने सम्झौता भएको छ । यो हाम्रो लागि उपलब्धी हो ।
त्योभन्दा पनि अगाडी कोभिडको समयमा हामीले संक्रमण फैलने डर हुदाहुदै पनि हाम्रो जडिबुटी व्यवसायी संघले नेपालमा पाईने औषधीजन्य जडिबुटी जस्तै टिम्बुर,तुलसीको पात,र्गुज्रो लगायत जुन जडिबुटीहरुले शरिरलाई स्फुति दिने, युनिटी पावर बढाउने खालका बिभिन्न ठाउँहरुमा बितरण पनि ग¥यौ र कतिपय ठाउँमा फेरी जडिबुटी प्रयोग गर्न नजान्दा समस्या होला भनेर चेतनामुलक कार्यक्रम गरी प्रयोग गर्ने तरिकाहरु सिकायौ ।
अहिले हामी नेपालमा कुल जिडिपीको ५ प्रतिशत हिस्सा राख्छौ यसलाई अझै बढाएर जडिबुटी निर्यातजन्य पनि भएको हुदा नेपालको आम्दानी बढाउन हमीले बन बिभागसँग कुरा गरेर केही नयाँ तरिकाहरु पनि अपनाउन लागेका छौ ।

जिडिपीमा निर्यातमा जडिबुटीको ५ प्रतिशत हिस्सा छ भन्नुभयो त्यसलाई बढाउने कुरा गर्नुभयो । यो प्रशोधन गरेर की कच्चा पदार्थ ?
अहिले हामीले प्रशोधन नगरी चाईना र इन्डियमा कौडीको भाउमा बेचिरहेका छौ । जुन जडिबुटी नेपालमा मात्र पाईन्छ । त्यो जडिबुटीलाई नेपालमा नै प्रशोधित गरेर बेच्दा बढी हामीलाई फाईदा हुन्छ ।

नेपालमा पाईने जति सवै जडिबुटी नेपालमा नै प्रशोधित गरेर पठाउनुपर्छ ठुला ठुला आयुर्वेदिक औषधी उधोगहरु खोल्नुपर्छ भन्ने हाम्रो मान्यता हो । तर हाम्रोमा सवै स्रोत साधना उपकरण तत्कालै सम्भव छैन । ठुलो लगानीको समस्या छ । भण्डारण्को समस्या छ । जस्तै एकजना किसानले तराईमा बाईस कट्टा जमिनमा कुरिलो लगायो तर उसले उत्पादन गरेका बर्ष भाउ नपाएर खेतमा नै जोतेर फाल्नुपर्ने अवस्था आयो । त्यस्तै अलैचीको भाउ कुनैवेला केजीको १७ सय पुगेको थियो ।

गएको दुईबर्ष देखि भारतले समस्या झिकेपछि अहिले अलैची ५ सय रुपैयामा झरेको छ । भन्नुको अर्थ त्यो किसानले उत्पादन गरेको बस्तुहरुलाई नेपालमा नै प्रशोधन गर्ने हो भने लामो समयसम्म बिग्रदैन र मुल्य पनि राम्रो पाउछन् । त्यो प्र¥यास हामीले गदै आएका छौ । कुल जिडिपीको ५ प्रतिशत मात्र ओगेटेको जडिबुटी क्षेत्रलाई नयाँ नयाँ तरिका अपनाएर तत्कालै ठुला ठुला उधोग प्रशोधन गर्ने केन्द्रहरु स्थापना गर्न नसकेपनि कसरी कच्चा पदार्थ उत्पादन, बजार ब्यवस्थापन, सीपमुलक तालिम, नयाँ उपकरणको प्रयोग जस्ता तरिका अपनाएर भएपनि आउदो २ बर्षभित्रमा जिडिपीको १० प्रतिशत सम्म पु¥याउने हाम्रो लक्ष्य छ । त्यो भनेको व्यवसायीक जडिबुटी खेतीको रुपमा समेत लगाउने गरी हामी काम गदै छौ ।

मैले बिगतमा यो भन्दाका अगाडीका जडिबुटी व्यवसायी संघ नेपालका निवर्तमान अध्यक्षसँग कुराकानी गरेको थिए । उहाले के भन्नु भएको थियो भने नेपालमा उत्पादित जडिबुटी कौडीको भाउमा बिदेश गईरहेका छन् । त्यसलाई नेपालमा नै प्रशोधन गरेर नेपालमा नै प्रयोग गर्ने र अन्य राष्ट्रमा पनि निर्यात ग¥यो भने देशलाई धेरै फाईदा हुन्छ । नेपालमा लगानी गर्न सक्ने व्यवसायी पनि छन् । तर सरकारले बातावरण बनाई दिनुपर्छ भनेर भन्नु भएको थियो । तपाईले केही अध्ययन गर्नुभएको छ ?
हामीले यो भन्दा लगभग पाँच महिना अगाडी नेपाल सरकारको नीति तथा कार्यक्रम आउनुभन्दा अगाडी बजेट आउने समयमा सरकारको मातहतका सम्बन्धित निकायहरुसँग समन्वय गरेर प्रशोधित कम्पनीहरु चाहियो जडिबुटी व्यवसायीहरुलाई परेका नीतिगत समस्याहरु जडिबुटीलाई हेर्ने निकायको खाचो छ ।

जडिबुटी बिकास बोर्ड वा सोजो ढंङगवाट सजिलै काम गर्ने सक्ने निकायको खाचो छ । हाम्रो जडिबुटीलाई कृषि सरह मान्यता नदिईएको अवस्था छ । हामीलाई कृषि सरह ऋण उपलब्ध हुनुप¥यो बीमाको ब्यवस्था हुनुप¥यो ।जडिबुटी निस्किन्छ भदौ असोजमा मंसिर देखि कागज निकाल्ने ब्यवस्था छ । बिभिन्न नीतिगत समस्याहरु छन् । त्यही कारणले जडिबुटीहरु कुईएर कोहि हिउले पुरिएर नोक्सान हुने समस्याहरु छन् । समयमा सामानहरु ल्याउन नसकिने हामीले खेति गरेका सामानहरु पनि बनले रोक्छ । प्रहरीहरुले रोक्छन् । खेति गरेका र बनवाट संकलन गरेका सामानहरु थन्काउने ठाउँहरु ह्ुदैनन् । एकठाउँमा कर तिरेपनि अहिले स्थानीय, जिल्ला बिभिन्न ठाउहरुमा कर तिर्नुपर्ने झन्झटहरु छन् । यस्ता नीतिगत समस्याहरु सरकारले सावधान गरिदिनु प¥यो भनेर हामीले निक्कै तदारुकताका साथ पहल ग¥यौ ।

त्यसमध्य ७ वटा प्रदेशमा प्रशोधन केन्द्र खोल्ने भनेर लेखिएको छ । गण्डकी प्रदेशमा प्रशोधन केन्द्र खोल्ने काम भएको छ । यो स्वागतयोग्य काम हो । हामीले नेपालको राजधानी काठमाडौ महत्वको हिशावले बागमति प्रदेशमा पनि जडिबुटी प्रशोधन केन्द्र र औषधी उधोग चाहियो भनेर पहल गरिराखेका छौ ।

तथापी नेपालको र्दुभाग्य भन्नुपर्छ राजनीतिक परिवर्तन हुने, कर्मचारीहरुले व्यवसायीका मर्का नबुझिदिने बनमा गयो कृषिमा जा भन्ने कृषिमा गयो यो त बनको काम हो भन्ने जस्ता घुमाउने नीति दुखः दिने नीति एक अर्का मन्त्रालयले दोस लगाएर पन्छिने जस्ता कामले हाम्रा कामहरु ढिलासुस्ती भईरहेका छन् हामीलाई जतिको जडिबुटीको माया र देशको जडिबुटी कौडीको भाउमा बेच्न काहा रहर छ र ! हामीले सक्दो पहल गरिराखेका छौ सम्बन्धित निकायमा धाईरहेका छौ ।

म यस जडिबुटी ब्यवसायी संघ नेपालमा आईसकेपछि झण्डै आधा समस्याहरु बिभिन्न निकायमा महल गरेर सावधान गरिसकेका छौ । केही बाकी छन् । त्यसमा तपाईले उठाउनु भएको प्रशोधन केन्द्र र ठुला आयुर्वेदिक औषधीको पनि समस्या चाडै हल गर्न प्र¥यास भईरहेको छ । बिश्वास गरौ त्यो चाडै सम्भव हुन्छ । जसरी नेपालमा अन्य उधोग खोल्न प्र¥यासरत छन् । जडिबुटीवाट देशलाई समृद्ध बनाउन, देशमा गरिबी हटाउन,किसान, मजदुरलाई रोजगार दिन, बेरोजगार हटाउन सकिन्छ त्यो कसरी भन्दा यो यो तरिकाले भनेर हामीले खाकासहित सरकारसँग पहल गरिहेका छौ ।

अहिले जडिबुटी सम्बन्धित कम्पनीहरुले कतिजति मानिसहरुलाई रोजगार दिईरहेका होलान् ?
हामीसँग यथार्थ तथ्याङक त छैन । यसको पनि धेरै खालका फ्याकल्टीहरु छन् । हामी धेरै साथीहरु हम्रो संस्थामा हुनुहुन्छ । यो जडिबुटी व्यवसायी संघ नेपाल हो ।अन्य उधोग वालाहरु पनि हुनुहुन्छ ।

कोही प्रशोधन गरेर पठाउने पनि हुनुहुन्छ । नेपालको पश्चिमी भुभागका अधिकांश यही जडिबुटीमा निर्भर छन् । अहिले त खेतीको रुपमा पनि बिस्तार भएको कारण साना साना किसानहरुले समेत यसवाट रोजगारी पाईराखेको हुनाले प्रत्यक्ष, अप्रत्यक्ष २५ लाँखभन्दा बढी मानिसहरुले रोजगार पाईराखेको हाम्रो अध्ययनले देखाउछ । यसलाई बढाएर पचासौ लाँख मानिसहरुलाई रोजगार दिने खेती बढाउने, तालिम दिने प्रशोधन गरेर बिदेश निर्यात बढाउने हो भने देश समृद्ध हुनलाई जडिबुटी क्षेत्रले नै धेरै गर्न सक्छ । त्यसमा हामी लागेको लाग्यै छौ ।
माथि तपाईले समस्या उठान गर्नुभयो र गुनासो भएको पनि ब्याक्त गर्नुभयो सरकारसँग सरकारले के गरिदिदा सहज हुन्छ बुदागत भनिदिनुस न यो सम्बन्धित निकायमा पुगोस ?
हाम्रो देश हावापानीको बिबिधता भएको मुलुक हो । याहा पाईने हावापानी जस्तो प्रकृतिक भौगोलिक संसारमा काही पनि पाईदैन । लाखौ लाख क्षेत्रफल जग्गाहरु त्यतिक्कै खेर गईरहेको छ । चाहे त्यो राष्ट्रिय निकुञ्जको बन होस् । चाहे त्यो सामुदयिक बन होस् । बन उपभोक्ता समिति होस् ।

ति जुनसुक्कै बनहुन् तिनिहरुको परिक्षण गरेर नीजि क्षेत्रलाई लिजमा केही समयको लागि उपलब्ध गराईदिनु प¥यो । त्यसपछि हामीले त्यहा हामीले जडिबुटी खेती गछौ । औषधी भन्ने बित्तिक्कै मसला आईटम पनि जडिबुटीमा पर्छन् । जाईफल, सुकमेल, ल्वाङ,जिराहरु, , तेजपत्ता, लगायत हाम्रो सिंहदरवारमा रहेको बैद्यखानाले पनि यिनै बस्तुहरुको प्रयोग गर्छ । हाम्रो दैनिकी भान्सामा प्रयोग हुने बस्तुहरु पनि जडिबुटीमा नै पर्छ अहिले हामीले बिदेशवाट आयत गरिराखेका छौ ।

यसरी जग्गा सरल र सहुलियतमा उपलब्ध भयो भने आफ्नै देशमा हामीले खेती गर्नसक्छौ । त्यसपछि बिदेशवाट आयत गर्नुपदैन र देशमा नै त्यो रकम रहन्छ । अर्को भन्सारवाट आयात हुने जो नेपालमा नै उत्पादन हुने जडिबुटी बिदेशवाट आयात भईरहेको छ भने त्यसलाई कडाई गर्नुप¥यो । जसले नेपालका किसान र ब्यवसायीको मेहनत, लगानी सुरक्षित होस् । प्रशोधन गर्न मेशिन औजारहरु बिदेशवाट नै ल्याउनु पर्ने हुनाले कृषिलाई जस्तै मान्यता दिएर भन्सार छुट दिन प¥यो । जडिबुटी क्षेत्रमा अनुदान भएको त सुनेका छौ । तर काहा आउछ । कता आउछ । त्यो काम गर्ने क्षेत्रमा प्रयोग भएको छकी छैन ? त्यो सही ठाउमा प्रयोग हुन प¥यो । बीमाको जडिबुटीमा समस्या छ बीमाको ब्यवस्था गरिदिनु प¥यो ।कुनै जगिबुटी अरबौ रुपमा निर्यात गरिरहेका छौ । त्यस्ता जडिबुटी निर्यात गर्दा प्रकृतिक प्रभाव पर्दैन भन्ने खालका जस्तै झयाउँ जस्तै धेरै धेरै अन्य जडिबुटीहरु प्रतिबन्ध छन् । जुन प्रयोग नभएमा खेर जान्छन् । जस्तै फलजाति फुलजाति फुलफुलेर जाने जडीबुटी त्यो बर्ष टिपेन भने सुकेर झरेर कुहिएर जान्छ ति जडिबुटीलाई कुनै परिणम नतोकी ओसार पसार गर्न किनबेच गर्न वातावरण मिलाई दिनुप¥यो । नीति नीयमहरु परिवर्तन गर्नुपर्ने छन् तिनिहरुलाईं सरकारले ध्यान दिएर समयमा नै चेज गरिदिनु प¥यो । बन डिभिजन कार्यलयहरुले पौष मसान्तसम्म कार्ययोजनामा हाल्ने भन्छन् तर कार्ययोजनामा हाल्दैनन् । त्यसैले त्यो त्यतिक्कै कुहिएर जान्छ । हामीलाई बिदेशवाट अडर आउछ हामीले दिन सक्दैनौ देशमा आउने अरबौ रुपैया खेर जान्छ । अडर लिएको बैना पैसा त्यतिकै फिर्ता गर्नुपर्छ । यसलाई समयमा कार्ययोजनामा हालिदिनु प¥यो । तत्कालै यि समस्याहरु सावधान गरिदिने हो भने हामीलाई सहज हुन्छ ।
तपाईहरुको जडिबुटीवाट आयुर्वेदिक औषधी, औषधीहरु बन्छन् र कतिपय घरेलु ढंङगवाट नै प्रयोग गर्छन् । ति उपभोक्ताहरुलाई तपाई के भन्न चाहानुहुन्छ ?
हाम्रो देशको आयुर्वेदिक प्रायोग गरिदिनुस् । तपाईहरुले बिदेश बिदेश भनेर नबस्नुस् । नेपालमा पनि धेरै प्रकारका स्रोतहरु छन् । हामीसँग सरसल्लाह गर्नुस । जडिबुटी ब्यवसायी संघमा आउनुस् । हामी तपाईहरुलाई जानेको सीप सिकाउछौ । मैले आफैले पनि धादिङ, दोलखा, काभे्रमा जडिबुटी खेती गरिरहेको छु । हामीसँग भएको सीप, ज्ञान हामी सिकाउछौ । हामीले नजानेको जडिबुटीको क्षेत्रमा बिज्ञहरु बोलाएर, सल्लाह लिएर र सम्बन्धित निकायसँग समन्वय गरेर पनि सहयोग र्गछौ ।
हामीले प्रयोग गरिरहेका औषधीहरुको बारेमा पनि बैद्य,कविराजहरु, आयुर्वेदिक डाक्टरहरुको सल्लाहमा मात्र प्रयोग गर्नुपर्छ प्रयोग गर्न नजान्दा जथाभावी प्रयोग गर्दा समस्या हुनसक्छ । जडिबुटीको बारेमा कुनैपनि सहयोग परामर्श दिन हाम्रो जडिबुटी व्यवसायी संघ नेपाल र म जतिबेला पनि तपाईहरुको सेवामा रहने प्रतिवद्धता यो जन आकाश मिडिया मार्फत जनाउदछु । हाम्रा यहा भएका जडिबुटीहरुलाई माया गर्नुस्, रोप्नुस् प्रकृतिमा रहेका चिजहरुलाई पनि संक्षण गर्न सिक्नुपर्छ । जडिबुटीलाई माया गर्नुपर्छ जय जडीबुटी भन्न चाहान्छु ।
बिदेश बिदेश भनेर नबस्नुस् नेपालमा नै धेरै गर्न सकिन्छ भन्नुभयो ति बेरोजगार युवाहरु जडिबुटीमा केही गर्छु भनेर आएभने जडिबुटी व्यवसायी संघले ति युवाहरुलाई के गर्न सक्छ ?
हाम्रो जडिबुटी व्यवसायी संघ नेपाल संस्थामा आवद्ध सवैको आ– आफै ब्यस्त हुन्छौ । त्यसका बाबजुद पनि जडिबुटी क्षेत्रमा आउन चाहाने जो कसैलाई हामी हामीले जानेको सीप, ज्ञान, तालिम दिएर कुन क्षेत्रमा कुन जडिबुटी हुन्छ । कुन भुगोलमा काहा के गर्दा हुन्छ सवै सिकाएर नेपालमा नै जडिबुटी खेती गरेर बिदेशवाट आउने जडिबुटीलाई समेत प्रतिस्थापन गर्न हामी सक्छौ मेरो पालामा नै जडिबुटीवाट आर्थिक क्रान्त्रि गरेरै छाड्छु लागिरहेको छु त्यो अभियाँनमा लगाउछौ । बिदेश जान खोजिरहेका र याहा केही पनि छैन भन्ने साथीहरुलाई याहा धेरै चिज छ । फलफुलहरु छ । पसुपालन छ । बिदेशवाट मासुहरु आयत हुन्छ । कतिपय जडिबुटी आयत हुन्छ । त्यस्ता चिजहरु प्हिचान गरेर याही उत्पादन गर्नुपर्छ सवैले याही आम्दानीको स्रोत बनाउन सकिन्छ भन्ने बिश्वास दिलाउन चाहान्छु ।
अन्तमा
तपाईहरुको यो जन आकाश राष्ट्रिय साप्ताहिकमा मेरो धारणा राख्न दिनुभएकोमा धन्यवाद ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend