जन आकाश
ललितपुर । एसोसिएसन फर आइडिया नेपालको सातौं राष्ट्रिय महाधिवेशन ” एसोसिएसन फर आइडिया नेपालको आदर्श र निति- कुष्ठ प्रभावित ब्यक्तिहरुको आत्म सम्मान र प्रगती” भन्ने मुल नाराका साथ ललितपुरको खुमलटार स्थित ट्रिनिटि होटलमा संस्थाका अध्यक्ष अमर तिमल्सिनाको अध्यक्षतामा, ललितपुर महानगर पालिकाका उप-मेयर गिता सत्यालको प्रमुख आतिथ्यतामा एवं अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरु एन.प्याब्सनका केन्द्रिय अध्यक्ष रितुराज सापकोटा, नेलराका बरिस्ठ उपाध्यक्ष डा. खगेन्द्र बहादुर श्रेष्ठ, कुष्ठ प्रभावित कल्याण संघका अध्यक्ष दिपक तिवारी, समाजसेवि कृष्ण गुरुङ सल्लाहकारहरु प्रल्हाद दाहाल, रमेश घिमिरे, अशोक अधिकारी, पुर्व अध्यक्ष सुर्य आचार्य , द लेप्रोसी मिसन नेपालका राष्ट्रिय निर्देशक शोभाखर कंडेल लगायतका विशेष उपस्तिथिमा सम्पन्न भएको छ।
महाधिवेशनबाट अध्यक्ष दिनेश बस्नेत, उपाध्यक्ष अमर बोगटी , महासचिव जयबिन्द यादब, सचीव शंकर पन्त, कोषाध्यक्ष आश्विन कुमार नाथ सदस्यमा शोभाखर कँडेल, प्रेमा कुमारी झा, बिनय घोरासाइने, भास्कर अधिकारी, लिला थापा, तारानाथ सिग्देल, धन कुमारी थापा मगर, बसन्ता के.सि निर्वाचित भएका छन् ।
कार्यक्रममा आफ्नो सांगीतिक क्षेत्रबाट हुने कमाईको १० प्रतिशत कमाई आडिया नेपाललाई उपलब्ध गराउने डा.चुम्लानो लामालाई विषेश सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि सत्यालले आफूले सक्ने सहयोग हरतवरले गर्ने र महानगरपालिका भित्र रहेका कुष्ठ प्रभावित ब्यक्तिहरुको लागि आइडिया नेपालसंग सहकार्य गरि विशेष कार्यक्रम ल्याउने बताएका थिए ।
अतिथि एन.प्याब्सनका अध्यक्ष सापकोटाले विद्यालय स्थरबाट नै कुष्ठ रोगप्रति हेरिने दृष्टिकोण परिवर्तन गर्न सकिने भएकोले पाठ्यसामग्रीमा समाबेश गर्न प्रयास गर्नु पर्ने बताएका थिए।
कार्यक्रममा सल्लाहकार प्रल्हाद दाहाल, अशोक अधिकारी, रमेश घिमिरे, टि.एल.मका डाइरेक्टर शोभाखर कँडेल लगायतले शुभकामना सहित आ-आफ्नो मन्तव्य राखेका थिए ।
अन्त्यमा निर्वाचन अधिकृत एवं आइडिया नेपालका कानुनी सल्लाहकार प्रल्हाद महतले निर्वाचित सबैलाई शुभकामना सहित प्रमाणपत्र बितरण गरि नवनिर्वाचित पदाधिकारीले प्रतिबद्धता सहितको मन्तव्य राखेका थिए।
आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई विशेष धन्यवाद सहित नवनिर्वाचित सम्पुर्ण पदाधिकारी एवं कार्यसमिति सदस्यहरुलाई हार्दिक बधाईका साथ कार्यसफलताको कामना गर्दै निवर्तमान अध्यक्ष अमर तिमल्सिनाले कार्यक्रमको अन्त्य भएको घोषणा सहित कार्यक्रम समापन भएको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend