logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

क्यानडा पठाईदिन्छु भनि ठगी गरेको अभियोगमा पक्राउ


  • जन आकाश
  • सोमबार, माघ १९ २०७७

कास्की ।
क्यानडा पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-३० शिसुवा बस्ने पर्वत मोदी गाउँपालिका-७ स्थायी घर भएका ३८ वर्षीय धिरज कुमार बिश्वकर्मालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।



बिश्वकर्माले आफू विगत लामो समयदेखि विदेश बसेको र युरोप, क्यानडा, अमेरिका लगायतका देशहरुमा धेरै मानिसहरु रोजगारको लागि पठाई सकेको भन्ने बिश्वास दिलाई कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी लगायत जिल्लाका ३३ जना व्यक्तिहरुलाई क्यानडा पठाईदिन्छु भनि उनीहरुबाट रकम समेत लिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले बिश्वकर्मालाई पोखरा महानगरपालिका-१० रामबजारबाट पक्राउ गरेको हो ।

बिश्वकर्माले हालसम्म ३३ जना व्यक्तिहरुबाट नगद ९० लाख ७१ हजार ५ सय रुपैयाँ लिएको र उनीहरूलाई बिश्वासमा पार्न बिभिन्न सहकारी संस्था र बिकास बैंकहरुको चेक समेत दिएको अनुसन्धानबाट खुल्न आएको हो ।
बिश्वकर्मा उपर ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend