logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

पठाओका राईडर र प्रयोगकर्ताहरुलाई बीमा सेवाको लागि गृहकार्य सम्पन्न


  • जन आकाश
  • बिहिबार, माघ २२ २०७७

काठमाडौ । पठाओ नेपालप्रा.लि., राईड शेयरिंग तथा फुड डेलिभरी एपले ग्राहकहरु र राईडर÷चालक साथीहरुलाई बीमा सुविधा प्रदान गर्न एभरेष्ट इन्स्योरेन्स कम्पनी लि.संग पौष ८, २०७७ मा साझेदारी पत्रमा हस्ताक्षर गरेको छ ।



उक्त साझेदारी अन्तर्गत राईडको दौरान कुनै पनि ग्राहक तथा राईडर÷चालक साथीहरुको दुर्घटनाका कारणले हुने मृत्यु, अपाङ्गता जस्तो अवस्थामा बढीमा रु ५ लाखसम्मको बीमा रकम प्राप्त गर्नेछन् ।

यसको साथै कुनै पनि ग्राहक तथा राईडर÷चालक साथीहरुले रु १ लाख सम्मको दुर्घटना उपचार बीमा पनि पाउँनेछन् । यी दुवै सेवाहरु उपयोग गर्नका लागि सम्बन्धित व्यक्तिले दुर्घटना भए पश्चात ३० दिनभित्र बीमा कम्पनीको नियमानुसार तोकिएको कागजातहरु सहित निवेदन गर्नु पर्दछ । पठाओ एप प्रयोग गर्ने कुनै पनि ग्राहक तथा राईडर÷चालक साथीहरुले यो सुविधा लिन सक्नेछन् ।

असिममान सिंह बस्न्यात, क्षेत्रिय निर्देशक, पठाओ नेपाल प्रा.लि.,“हामी विगत २ वर्षदेखि हाम्रा ग्राहकहरु तथा राईडर÷चालक साथीहरुको सुरक्षा सुनिश्चित गर्नका लागि बीमा सुविधा प्रदान गर्न निरन्तर लागि परेका छौं । यसको अनुरुप हामीले एभरेष्ट इन्स्योरेन्स कम्पनीसंग साझेदारी पत्रमा हस्ताक्षर गरेका छौं ।

अब हाम्रा ग्राहकहरु तथा राईडर÷चालक साथीहरु विस्वस्त हुन सक्छन् । पठाओ ग्राहक तथा राईडर÷चालक साथीहरुको सुरक्षाप्रति दृढ छ । हामी प्रत्येक दिन हजारौंलाई रोजगारीको अवसर प्रदान गर्न पाउँदा निकै गर्वान्भित महसुस गर्दछौं । हालसम्म, हामीले ७५००० भन्दा बढी राईडरहरुलाई ट्रेनिंग दिइसकेका छौं र १३ लाखभन्दा बढी ग्राहकहरुले पठाओ एप डाउनलोड गरिसकेका छन् भनि पठाओले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend