logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल निर्माण व्यवसायी महासङ्घ र एड्भान्स्ड कलेजबीच सम्झौतापत्रमा हस्ताक्षर


  • जन आकाश
  • शुक्रबार, फाल्गुन ७ २०७७

काठमाडौं । परिवर्तित औद्योगिक आवश्यकता अनुसार स्नातक उपाधिधारी विद्यार्थीहरू तयार पार्न आपसी सहकार्य गर्ने विषयमा नेपाल निर्माण व्यवसायी महासंघ र एड्भान्स्ड कलेज अफ इन्जिनियरिङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।



राजधानीमा विहिवार आयोजित एक कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासं्घका तर्फबाट अध्यक्ष रवि सिंह र एड्भान्स्ड कलेजका तर्फबाट अध्यक्ष रमेशकुमार सिलवालले सम्झौतापत्रमा हस्ताक्षर गरी बिद्यार्थीहरुलाई हौशला प्रदान गर्ने सहमति भएको हो ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले यस सहकार्यबाट विभिन्न निर्माण परियोजनाहरूमा कार्य गरी विद्यार्थीहरूले आफ्नो सिकाइ क्षमतालाई अझ वृहत् बनाउन सक्ने धारणा राखेको थिए । महासङ्घका एसोसिएट उपाध्यक्ष आङदोर्जी लामा ए.डी.ले यस किसिमको बहुआयामिक सहकार्यबाट सिभिल इन्जिनियरिङका विद्यार्थीहरूलाई निर्माण क्षेत्रसँग सम्बन्धित व्यावहारिक ज्ञान हासिल गर्ने चौतारी प्रदान गर्ने बताएका थिए ।

एड्भान्स्ड कलेजका अध्यक्ष रमेश सिलवालले यस सम्झौताले विद्यार्थीहरूमा निर्माण उद्योगको वास्तविक कार्य अनुभव हासिल हुनुका साथै उनीहरूको ज्ञान र सीपको मूल्यबोध गराउने बताएका थिए । उनले वर्तमान युग औद्योगिक प्रतिष्ठानसँग सम्बन्धित इन्जिनियरहरू उत्पादन गर्ने युग रहेको समेत उल्लेख गदै कलेजका कार्यकारी निर्देशक कपिलदेव रेग्मीले औद्योगिक प्रतिष्ठान र शैक्षिक प्रतिष्ठानको अर्थपूर्ण सहकार्यका माध्यमबाट दुवै संस्थाको बौद्धिक क्षमताको प्रभावकारी उपयोगलाई सहयोग पुग्ने धारणा राखेका थिए ।

एड्भान्स्ड कलेज तथा ईआरएमसीका निर्देशक इन्जिनियर उद्धव चौलागाईँले शैक्षिक प्रतिष्ठानले औद्योगिक प्रतिष्ठानसँग सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए । उनले भविष्यमा देशको व्यावसायिक क्षेत्रका निर्माणकार्य गर्न सक्षम प्रतिस्पर्धी इन्जिनियरहरूको उत्पादन र विकास गर्न यस किसिमको सहकार्य किन आवश्यक छ भन्ने विषयमा प्रकाश पारेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend