logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नायक रबि कार्की मेरो अदालत सिरिज बनाउँदै


  • जन आकाश
  • शनिबार, फाल्गुन २२ २०७७

 



काठमाडौं । नायक रबि कार्कीले आप्mनै कथा, पटकथा र संवादमा मेरो अदालत नामको नयाँ सिरिज निर्माण गर्ने भएका छन् ।

मेरो अदालतको पोष्टर सार्वजनिक गर्दै कार्कीले देशमा भइरहेका विभिन्न घटनाहरुसँग सम्बन्धित रहेर सिरिज अघि बढ्ने बताए । यो सिरिजमा केहि सत्य घटना र केहि काल्पनिक कथावस्तु रहने उनको भनाई छ ।

सिरिजले देशको अवस्था र पिडितलाई कसरी न्याय दिनुपर्छ भन्ने विषयवस्तु समेत उठान गर्ने लेखक कार्कीको भनाई छ ।

सिरिजको निर्देशन रामेश कुमार राइले गर्दैछन् भने निर्माताका रुपमा सुर्य जिसी, पर्वत राई र सह निर्माताका रुपमा मालती कार्की रहेका छन् ।

रि एण्ड की फिल्मस्को ब्यानरमा निर्माण हुने मेरो अदालत सिरिजको पोष्टरमा एक युवाले हातमा लालटिन बोकेर न्याय खोजेको देखिन्छ ।

सिरिजका कलाकारहरु भने केहि दिनमै अडिसन लिएर छनौट गरिने बताइएको छ । यो सिरिज राष्ट्रिय स्तरको टेलिभिजनबाट प्रसारण हुने कार्कीको भनाइ छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend