जन आकाश
काठमाडौं । नेपालमा पनि रकेटको परिक्षण गरिएको छ । हिजो नेपाली सेनाका प्रधान सेनापतिको प्रत्यक्ष उपस्थितिमा आविष्कार केन्द्र नेपालले नेपाली ईन्जिनियरहरुवाट नै निर्मित रकेट नेपालको सिन्धुली जिल्लाको भिमानवाट आकाशमा उडाईएको आविष्कार केन्द्रका अध्यक्ष माहावीर पुनले मिति २०७७÷१२÷७ गते एनआरएनका पदाधिकारीहरुलाई सम्वोधन गर्ने क्रममा आधिकारिका जानकारी दिएका थिए ।
मितिः २०७७÷१२÷८ गतेको माहावीर पुनको फेसबुक पेजमा पनि उक्त रकेट प्रक्षेपण गरिएको फोटो र केही जानकारीहरु उल्लेख छन् । यो नेपाल र नेपालीलको लागि खुशीको कुरा हो । तर उनले कति क्षमताको भन्ने कुरा चै जानकारी दिएका छैनन् जे होस् नेपाली ईन्जिनियरहरुले नै निर्माण गरेको रकेट नेपाली आकाशमा परिक्षण भएको सुन्दा यो जानकारी पाउने जति नेपालीहरु खुशी भएका छन् ।
माहावीर पुनको नेतृत्वमा शुरु भएको आविष्कार केन्द्रले थालेको अभियाँन अन्र्तगत बिश्वमा छरिएर रहेका नेपलीहरुले जुम प्रविधिको प्रयोग गरेर गरिएको कार्यक्रममा एनआरएनहरुले गरेको प्रतिबद्धता र नेपालमा नै सम्भावना भएका कुनै पनि नेपाली बिदेश जादैनन् भन्ने सन्देश त्यहा अभिब्याक्त भनाईले संकेत गरेको पइएको थियो ।

नेपालमा गेहेन्द्र शम्सेर राणाले पेस्तोल निर्माण गरेको कुरा त हामीले ईतिहाँसमा पढ्न पाएका थियौ । त्यसपछि आएको प्रजातन्त्र, गणतन्त्र जे जे नाम दिएपनि खासै नेपाली बैज्ञानिकहरुको, संरक्षण भएको पाएका छैनौ । यो आविष्कार केन्द्रले गरेको प्रगति राष्ट्रले नााममा लेखिएको छ । यस बिषयलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले रकेट निर्माण गर्न सहयोग पु¥याउने र निर्माण गर्ने ईन्जिनियरहरुलाई धन्यवाद र बधाई दिएका छन् । नेपालका युवा बैज्ञानिक र अनुभवि बैज्ञानिकहरुको लागि नेपालमा आशाको ढोका खुलेको अनुभुति हुनेगरी काम भएको मान्न सकिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend