जन आकाश
काठमाडौ । मोडल तथा सर्जक रमन पहाडी ले लय भरेको औठी सुनैको बोलको गीत भरखरै बजारमा आएको छ । जसमा पछिल्लो समय चर्चित लोक गायक निकेश तामाङ र नव गायिका तुलसा तामाङ ले सुमधुर स्वर भरेका छन भने एरेन्ज यम थापाले गरेका छन् । गितको अडियो भने लेकालि स्टुडियोबाट मान ब. बरालले ले तयार पारेका छन ।
नेपालि सिने जगतका महान हस्ति महानायक राजेश हमाल र लोकदोहोरि क्षेत्रकि चर्चित मोडल सारिका के शी को दमदार अभिनय रहेको गीतले नेपाली सांगीतिक क्षेत्रमा एउटा नयाँ उर्जा थप्ने काम गरेको छ ।
विगत दुई दशक देखि मेहनतरत पछिल्लो समयमा ट्रेडिङ को यात्रा ले नछोडने बहुचर्चित निर्देशक देवेन्द्र कुवँर को निर्देशन को स्वाद चाख्न पाईने छ भने कोरियोग्राफर सिओन क्ष्रेष्ठ ले गरेका छन मेहनति क्यामरामेन प्रकाश खड्का ले भिडियो को कैद गरेका थिए मेकअप मा सरिता मगर तथा सेट जटा ले बनायका हुन
गीत रिलिज भएको केही दिनमा नै २० हजारभन्दा माथि भ्युज पुगिसकेको छ । सिन्धुलीमा जन्मेका गीतकार तथा मोडेल रमन पहाडीको लोग गीतले यतिवेला नेपाली संगीतको क्षेत्रमा नै सुखःद बहार ल्याएको छ ।
उनको यो कोशेलीलाई थप हौशला प्रदान गरिदिनुहुन पनि उनले आफ्ना संगीतप्रेमी पाठक, दर्शकलाई अनुरोध गरेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend