logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

व्यवसायीको हत्या र लुटपाटको भर्सना गदै दोसीलाई कारवाहीको माग


  • जन आकाश
  • मंगलबार, चैत्र ३१ २०७७

काठमाडौ । सिराहाको लाहन नगरपालिका १३ गढिया चोक स्थीत अमिता ज्वेलर्सका संचालक प्रदीप विश्वकर्मालाई लुटेराहरुको समुहले २०७७ चैत्र २८ गते शनिवार गोली हानी हत्या गरी पसलमा रहेको सुन चाँदी र नगद लुटेको घट्ना प्रति नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको गंभीर ध्यानाकर्षण गदै दोसीलाई पक्राए गरी कडा कारवाही गर्न माग गरेको छ ।



त्यस घट्नाको घोर भत्र्सना गर्दै आभुषण महासंघले भनेको छ । “ अपराधीलाई अविलम्व कानूनी कठघरामा ल्याई कडा कारवाही गर्न र क्षतिपूर्ति सहित लुटिएको धनमाल फिर्ता गराई पीडितलाई न्याय दिलाउन महासंघ सम्बन्धित निकायसंग जोडदार माग गर्दछ । साथै लुटेराहरुको आक्रमणबाट सख्त घाइते हुनु भएकी श्रीमती अमिता विश्वकर्माको स्वास्थ्य उपचारको अविलम्व उचित व्यवस्था गर्न पनि नेपाल सरकार समक्ष महासंघ माग गर्दछ । ”

व्यस्त बजारमा रातको समयमा गोली हानी बिश्वकर्माकोे हत्या भएको थियो । हत्या गरेर पसलमा भएका सुन, चाँदी, पैसास लिएर लुटेराहरु भागेका थिए । प्रहरीले लाहानका दुईजना संकास्पद ब्याक्तिलाई प्रक्राउ गरेको छ । जसमा लाहान नगरपालिका बर्ष २९ का सुर्य सहनी, र लाहान नगरपालिका ७ बस्ने बर्ष २६ का रामकृष्ण चौधरीलाई पक्राउ गरेर थप अनुसंन्धान भइरहेको लाहान प्रहरी कार्यलयको सञ्चार बिभागले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend