logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपालका ओपनर खेलाडीहरुले सतक हानेपछि


  • जन आकाश
  • शनिबार, बैशाख ४ २०७८

 



काठमाडौ । त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपाली ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले शतकीय साझेदारी गरेका छन् । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा कुशल र आसिफले शानदार ब्याटिङ गर्दै ११औं ओभरमा शतकीय साझेदारी गरेका हुन् । दुवैले टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गर्दै ओपनिङ गरेका हुन् । यो ओपनिङमा सतकीय पारी खेलेपछि युवा खेलाडीहरुको चारैतिर प्रशंसा हुन लागेको छ ।

कुशल र आसिफले टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि पहिलो विकेटका लागि सर्वाधिक रनको साझेदारी समेत गरेका छन् । यी दुईले पहिलो विकेटका लागि ११६ रनको साझेदारी गर्दै यसअघि १३औं सागमा पारस खड्का र ज्ञानेन्द्र मल्लले भुटानविरुद्ध बनाएको १०८ रनको साझेदारीको कीर्तिमान तोडेका हुन् ।

अहिले किर्तिपुरको त्रिभुवन यनिभरसिटी अन्तराष्ट्रिय क्रिक्रेट मैदानमा खेल चलिरहेको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend