logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कोरोनाभन्दा भयावह छ विषाक्त “ईम्वोष्ड नम्बर प्लेट” रामेश्वर राउत मातृदास


  • जन आकाश
  • बिहिबार, बैशाख ९ २०७८

हामी नेपालीहरू संसारका कुनै पनि जाति, भाषा, साहित्य, कला, संस्कार, संस्कृति, धर्म र ऋतिऋवाजका वैरी र विरोधी छैनौं र हैनौं । अरूप्रति सद्भाव भएजस्तै हामीहरूलाई हाम्रो जन्मजात नैसर्गिक भाषिक अधिकारप्रति अगाध प्रेम र प्रगाढ आस्था छ ।



प्रकारन्तरले संयुक्त राष्ट्रसंघको ठाउँमा विश्वसरकार र संसार एउटै राष्ट्र बनेछ भने पनि हामी नेपालीहरूलाई हाम्रो भाषा चाहिन्छ र अनिवार्य छ । नेपाल र सम्पूर्ण नेपालीहरूको सार्वभौम अस्तित्व र महŒवलाई एकसाथ माटियामेट गर्ने अन्तर उद्देश्य र योजनामा ल्याइएको र जवर्जस्ती लागू गरिएको यो आत्मघाती, भाषामारा, असंवैधानिक पीडादायी, अत्याचार मौजुदा नेपालको संविधान २०७२ को धारा १ (१), धारा–७ (१), धारा–२८, धारा– ३२ (३), धारा–१३३ (२) र (३) तथा धारा– २७४ (१) देखि (१०) सम्मको विपरित र वर्खिलाप गरेर आएको छ ।

यो असंवैधानिक अत्याचारलाई रद्द र बन्द गर्न स्वदेश एवं विदेशमा बसोबास गर्ने सम्पूर्ण जिम्दा नेपालीहरू विम्झनु अनिवार्य छ । अन्यथा हाम्रा पूर्वजहरूको यशकीर्ति, वर्तमानमा जीवित सार्वभौमसत्ता सम्पन्न जिम्दा नेपालीहरूको जिब्रोे थुत्नुका अतिरिक्त जन्मन बाँकीहरूको नैसर्गिक भाषिक अधिकार समेत यो अत्याचारले समाप्त पार्छ । हाम्रो आफ्नै भाषाको जेष्ठ, श्रेष्ठ र सर्वाेत्कृष्ट एवं सृष्टिकै सर्वाेत्तम देवनागरी लिपि, सर्वाङ्ग पूर्ण वर्णाक्षरहरू, अंक र गोपनियताको हक समेत सधैंका लागि समाप्त पार्ने आत्मघाती, असंवैधानिक र नैसर्गिक भाषाघाती ‘ईम्वोष्ड नम्वर प्लेट’ ले पार्ने र पारिरहेको विषाक्त प्रभाव एवं असरहरू देहायबमोजिम रहेका छन्ः

(१) यो पीडादायी भाषाघाती, आत्मघाती ‘ईम्वोष्ड नम्वर प्लेट’ ले हाम्रो भाषामा भएको संसारकै सर्वाेत्कृष्ट देवनागरी लिपि, सर्वाङ्ग पूर्ण वर्णाक्षरहरू, अंक र संवैधानिक गोपनियताको हक सधैंका लागि समाप्त पारेको छ र यसले हाम्रो राष्ट्रको सुरक्षा नीतिको गोपनियतामा गम्भीर घात र दीर्घकालिन क्षति पुग्ने निश्चित छ ।

(२) सार्वभौमसत्ता सम्पन्न नेपाल र सम्पूर्ण नेपालीहरूको नैसर्गिक, भाषिक र गोपनियताको हक ‘डेकुटा टाइगर कम्पनी’ को हातमा गएको र त्यसको प्रतिलिपि अधिकार नेपाल सरकार, यातायात व्यवस्था मन्त्रालय, यातायात व्यवस्था विभागसँग नभएकाले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका एवं अन्तर्गतका नेपाली सेना, जनपथ प्रहरी, सशस्त्र वल तथा गुप्तचर निकाय लगायत समेत सम्पूर्ण नागरीकहरूको सुरक्षा विदेशीको पोल्टामा पुगेकाले यो आत्मघाती, असंवैधानिक र भाषाघाती ‘ईम्वोष्ड नम्वर प्लेट’ यथाशीघ्र रद्द र बन्द हुनु अनिवार्य छ ।

(३) आफ्नो देशभित्र कार्यरत सम्पूर्ण व्यवसायिक कलाकारहरूको मुखमा ताल्चा लगाएर उनीहरूको पेटमा लात हान्ने यो पीडादायी, आत्मघाती, असंवैधानिक अत्याचारबाट आफ्नो देशका कलाकारहरूलाई सम्पूर्ण रूपले बेरोजगार बनाउने अत्याचार गरेको छ । विदेशी परचक्रीलाई पोस्ने र आफ्नो देशको व्यवसाय र व्यवसायीहरूको रोजगारी खोस्ने र मुख मोस्ने यो आत्मघाती असंवैधानिक ‘ईम्वोष्ड नम्वर प्लेट’ ले हामी सम्पूर्ण जिम्दा नेपाली र नेपाल राष्ट्रको प्रतिष्ठा र अस्तित्वमा गम्भीर घात गरेकाले यो अत्याचार कुनै पनि हालतमा मान्य र स्वीकार्य छैन र हुँदैन ।

(४) आफ्नो सनातन र प्राग्ऐतिहासिक अस्तित्व र महŒवलाई समाप्त बनाएर सार्वभौम नेपाल राष्ट्र र आम नेपालीहरूलाई देशभित्र बसे बँधुवा दास र देशबाहिर गए शरणार्थी दास बनाउने विषाक्त उद्देश्य र योजनामा ल्याइएको र जबर्जस्ती लागू गरिएको यो अत्याचारबाट राज्यकोषको पाँच अर्व, पच्चीस करोड पैतालीस लाख खर्च गरेर भएको यो असंवैधानिक सम्झौता जोजसले गरेको हो, त्यो त्यसकै घरघरानाबाट क्षतिपूर्ति हर्जना तिराएर यो गैरकानूनी सम्झौता रद्द र बन्द गरेर सार्वभौमसत्ता सम्पन्न नेपाल र नेपालीहरूको नैसर्गिक संवैधानिक भाषिक अधिकारको रक्षा गर्ने नेपाल सरकारको मूल र कुल दायित्व भएकाले सरकारले यथाशीघ्र आफ्नो भाषाको लिपि, वर्णाक्षरहरू, अंक र आम नागरीकहरूको गोपनियताको संवैधानिक हक रक्षा गर्नु अनिवार्य छ ।

(५) जनताले तिरेको करको ठूलो हिस्सा चिरकाल पर्यन्तसम्म विदेशी कम्पनीले लाने र हाम्रो भाषाको लिपि, वर्णाक्षरहरू, अंक र गोपनियताको हक एवं राजस्वमा समेत गम्भीर क्षति र घाटा पु¥याउने भएकाले यो असंवैधानिक आत्मघाती ‘ईम्वोष्ड नम्वर प्लेट’ मौजुदा नेपालको संविधान २०७२ को धारा– १(१), धारा–७(१), धारा– २८, धारा– ३२(३), धारा– १३३(२), (३) र धारा– २७४(१) देखि (१०) सम्मको वर्खिलाप र विपरित भएको हुँदा यो असंवैधानिक ‘ईम्वोष्ड नम्वर प्लेट’ रद्द र बन्द गरिनु अनिवार्य छ ।

(६) यो असंवैधानिक आत्मघाती ‘ईम्वोष्ड नम्वर प्लेट’ नेपालमा सञ्चालित भएका सवारी साधनहरूमा प्रयोग गरेर हाम्रा सवारी साधनहरू विदेशी भूमिमा सञ्चालित भएर आफ्नो आय आर्जन गर्न सक्ने कदापि हुँदैहैन । यो पृथ्वीमा रहे भएका कुनै पनि देशहरूले आफ्नो भाषाको लिपि, वर्णाक्षरहरू, अंक र आफ्नै देशका आम नागरीकहरूको गोपनियताको हक सधैँका लागि समाप्त पार्ने यस्तो गैरकानूनी असंवैधानिक अत्याचार गरेको नपाइएको हुँदा हाम्रो देशको हकमा समेत यो अत्याचार पूर्णतः त्याज्य छ, यथाशीघ्र रद्द र बन्द गर्नु अनिवार्य छ ।

७. हरेक देशका सवारी साधनहरूमा प्रयोग गरिने संख्यापाटी (नम्बर प्लेट) तत तत देशकै नागरीकहरूले बुझ्ने आफ्नै भाषामा लेखिएको हुन्छ । हाम्रो देशमा सञ्चालित भएका सवारी साधनहरूमा लेखिएको संख्यापाटी (नम्वर प्लेट) हाम्रो आफ्नै भाषाको वर्णाक्षरहरू र अंक प्रयोग हुँदा आम यात्रुहरू र ट्राफिक प्रहरीहरू सबैलाई सहज हुँदाहुँदै आफ्ना नागरीकहरू, आफ्नो भाषा, वर्णाक्षरहरू, अंक र गोपनियताको हक समेतलाई सधैँका लागि समाप्त पारेर केही मुठ्ठीभर व्यक्तिहरूको कमीशन बेइमानीका कारण राष्ट्र र आम नागरीकहरूको सार्वभौम अस्तित्वमाथि गरिएको यो आत्मघाती असंवैधानिक अत्याचार कुनै पनि हालतमा मान्य र स्वीकार्य नभएकाले आम नेपालीहरूको अस्तित्व र महŒवघाती यो ‘ईम्वोष्ड नम्वर प्लेट’ सम्पूर्ण जिम्दा नेपालीहरूले परित्याग गर्नु अनिवार्य छ । लिपि, वर्णाक्षरहरू र अंक समाप्त पार्नु भनेको आफ्ना पूर्वजहरूको यश कीर्ति समाप्त पार्नु, वर्तमानमा जीवित आम सर्वसाधारणहरूको जिब्रो थुत्नु र जन्मन बाँकी भावी भविष्यका कर्णाधारहरूको भाषिक अधिकार समाप्त पार्ने जघन्य र अक्षम्य अपराध हुनेहुँदा आफ्नो अस्तित्व र महŒव गाँसिएको राष्ट्रको प्राण शक्ति र ताकत, भाषा बचाउन र देश जोगाउन सम्पूर्ण जिम्दा नेपालीहरू सचेत र जागरुक बनौं । असंवैधानिक, आत्मघाती, भाषामारा पीडादायी ‘इम्वोष्ड नम्वर प्लेट’ रद्द र बन्द गर्न लागौं र जागौं ।

(८) जनताले तिरेको र राष्ट्रको कोषमा जम्मा हुने ठूलो राजस्वको हिस्सा सधैँका लागि गुमाउनुपर्ने यो असंवैधानिक ‘इम्वोष्ड नम्वर प्लेट’ नेपाल र हामी सम्पूर्ण जिम्दा नेपालीहरूका लागि विषवृक्ष हो । यसको यथाशीघ्र रद्द र बन्द हुनु अनिवार्य छ ।

(९) आफ्नो देशको सवारी साधनहरूमा, यात्रु र आम नागरीकहरूको निगरानी र सुरक्षाको दायित्व र जिम्मेवारी आफ्नै देशको सरकार र सुरक्षा निकायको अधिनमा हुनु अनिवार्य छ । यो असंवैधानिक आत्मघाती सम्झौताबाट हाम्रो देशका सुरक्षा निकायहरू समेत अर्काको नियन्त्रण र निगरानीमा हुने यो आपत्तिजनक कार्य हाम्रो नैसर्गिक प्राकृतिक हक समेतको विपरित भएको हुँदा यो ‘इम्वोष्ड नम्वर प्लेट’ हाम्रो लागि कुनै पनि हालतमा मान्य र स्वीकार्य छैन । राष्ट्रको सार्वभौम अस्तित्वलाई नै धरापमा पार्ने यस्तो गम्भीर सवालमा नेपाल सरकारले मौनता साँधेर बस्न र असंवैधानिक अत्याचारलाई नै जवर्जस्ती नागरीकहरूले मान्नैपर्ने बाध्यात्मक वातावरण बनाए समयले कसैलाई पनि क्षमा र छुट दिँदैन ।

जय भाषा ! जय जननी जन्म भूमि नेपाल !!
जय न्यायदेव कोटिर्लिड्ड कालभैरव इजलास !!
रारामा
वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुवस्ती

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend