जन आकाश
काठमाडौ । त्रिकोणात्मक क्रिक्रेटमा आज नेपाल र नेदरल्याण्ड फाइनल प्रतिस्पर्धा गर्दैछन् । र्कितिपुर त्रिभुवन बिश्वबिद्यालयको अन्तराष्ट्रिय क्रिक्रेट मैदानमा १ बजेर १५ मिनेटमा शुरु हुने खेलमा नेपाल आफ्नो होम ग्रउनमा खेल्दैछ । भने नेदरल्याण्डले पनि यो भन्दा अगाडीको खेलमा नेपाललाई हराएको अनुभव छ ।
यि दुवै सशक्त देशका खेलाडी हरुले आफ्नो देशको प्रतिष्ठा र राम्रो खेलेर बिश्व रेकर्ड राख्न मैदानमा उत्रदै छन् । नेपालमा भइरहेको खेलमा हजारौ दर्शकको साथ हुने गर्दथ्यो तर कोभिडको कारण बिशेष पास भएका पत्रकारहरु खेलडी र सुरक्षाकर्मी वाहेक अन्य दर्शक हुने छैनन् । तर धेरैवटा टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गर्ने हुदा घरमै बसेर सवै नेपाली दर्शकहरुले क्रिक्रेटको मज्जा लिन सक्ने छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend