logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

भलिबल प्रतियोगिताको शिल्ड “एम.एम. एस.”को पोल्टामा


  • जन आकाश
  • सोमबार, बैशाख १३ २०७८

काठमाडौं । यहि शनिबार एक्टिभ ईन्टरटेन्टमेन्ट प्रा.लि कालागि स्रष्टा कलाकार बिजेन्द्र नौबागे द्वारा आयोजना गरिएको प्रतियोगितामा ‘खेल खेलौ स्वस्थ्य बनौ’ भन्ने मुल नाराको साथ आयोजना भएको भलिबल प्रतियोगितामा एम. एम.एस.ईन्टरटेन्टमेन्ट बिजयी भई शिल्ड  जित्न सफल भएको छ ।



एमिटी स्कुलका संचालक ओमकार लम्साल र बरिष्ठ हास्य कलाकार उत्तम केसीकोबाट खेल उद्घाटन भएको थियो ।

शनिबार भएको उक्त भलिबल प्रतियोगितामा कोचे नेपाल, एक्टिभ टिम, आयोजक, एमएमएस ईन्टरटेन्टमेन्ट प्रा.लि.टिम ए र बि लगायतको टिम सहभागी थियो । उक्त भलिबल प्रतियोगितामा थुप्रै सर्जक तथा कलाकारहरुको उपस्थिति थियो ।

एमएमएस ईन्टरटेन्टमेन्ट प्रा.लि. टिम ए बिजेता बनेको टोलिमा टिम क्याप्टेन दर्पण राई र सुमन बाङदेल, प्रसन्न रिमाल, डम्बर सिं राई, राजदिप तामाङ, इन्द्र राई रहेका थिए ।

उक्त खेलमा ६ टिमले भाग लिएका थिए । खेल अत्यन्तै प्रतिस्पर्धात्मक भएको थियो जसमा एमएमएसले बाजी मारेको थियो । उक्त खेलमा सहभागी खेलाडीहरुलाई तिमिले बाटो फे¥यौ अरे ३ गीतले जर्सी प्रयोजन गरेको थियो ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend