जन आकाश
काठमाडौ । बैशाख २ गते धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं १ मा भएको प्रथम गजुरी महोत्सवमा गायक तथा संगीतकार रमेश पाठक सम्मानित भएका छन् ।
बिगत झण्डै डेढ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा निरन्तर क्रियाशील रहदै आएका गायक तथा संगीतकार रमेश पाठक नेपाली सांगीतिक क्षेत्रको एक स्थापित नाम हो । पाठकले आफ्नो सृर्जनामार्फत गाउँठाँउलाई चिनाउन उल्लेखनीय भुमिका निर्वाह गरेका थिए । त्यो योगदानलाई कदर गदै प्रथम गजुरी महोत्सव आयोजकले उनलाई सम्मान गरेको थियो ।
पाठकले आफ्नो गाउँ ठाउँलाई चिनाउनको लागि बिभिन्न टेलि श्रृंखला, म्युजिक भिडियो निर्माण समेत गरेर गाउँको कला संस्कृतिलाई उजागर गर्ने काम गदै आएका थिए र गरिरहेका छन् ।
त्यत्ति मात्र नभई पाठकले आफ्नो सांगीतिक क्षेत्रको शुरुवात नै “जाउँन गजुरी” नामक गीति एल्वमवाट गरेका हुन् ।
गायकले आफ्नो सांगीतिक क्षेत्रको शुरुवात लोक दोहोरीबाट गरेको भएपनि पप, आधुनिक, रिमिक्स लगायतको गायनमा पनि उत्तिक्कै अब्बल रहेका छन् । उनले हालसम्म तीन दर्जन भन्दा बढी गीत संगीतहरु बजारमा ल्याइसकेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend