logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

रमेश पाठकको ‘झल्को मात्रै आँखामा’ बोलको गित सार्वजनिक


  • जन आकाश
  • शनिबार, असार २६ २०७८

 काठमाडौ ।  काठ क्षेत्रमा घाँसे गीतको नामले पनि चिनिने मौलिक लयमा आधारित ‘झल्को मात्रै आँखामा’ बोलको असारे गीत जिनियस म्युजिक मार्फत  सार्वजनिक भएको छ।



यस गीतमा पुरु लम्सालको शब्द,सुशील सिंह ठकुरीको  कम्पोज, नारायण दंगालको  एरेन्ज अनी बहु प्रतिभशाली गायक रमेश पाठकको आवाज रहेको छ।

गीतले परदेशीको मन धेरैनै छुनेछ । यस गीतमा नव मोडल शिला गजुरेल र कम्पोजर सुशील सिंह ठकुरीको उत्कृष्ट अभिनय देख्न सक्नु हुनेछ।

यस गीतमा परदेशमा रहेर आफ्नो ठाउँ अनी आफ्नो परिवार सँग टाढा हुँदाको पिडा देखाइएको छ।  

भिडियोमा राज पोखरेल र नबिन बाबु गुरुङको छायान्कन अनी रोशन धितालको सम्पादन रहेको छ।

भिडियोको निर्देशन पनि पुरु लम्सालले नै गरेका हुन्।  गीतको एकदमै राम्रो प्रतिकृयाआइरहेको गायक रमेश पाठकले जानाकरी गराएका हुन । यो गीतको सबैको मनमा बस्न सकोस् जन आकाशको पनि   शुभकामना ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend