जन आकाश
काठमाडौ । शुक्रबारदेखि अनलाइनबाटै सवारी साधनको ब्लुबुक नवीकरण गर्न सकिने भएको छ । पहिलो चरणमा बागमती प्रदेशभित्र सवारी कर, जरिवाना लगायतका राजस्व भुक्तानीसँगै ब्लुकुब नवीकरण पनि अनलाइनबाटै गर्न सकिने ब्यवस्था शुरु भएको छ ।
प्रदेश राजधानी हेटौडामा मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबार यो सेवाको उद्घाटन गरेर अनलाइनवाट ब्लुबुक लाइसेन्स नविकरण गर्न सकिने गरी कार्य आरामभ गरेका हुन् । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार वेबपोर्टल र नागरिक एपबाट यो सुविधा पाईनेछ ।
यसका लागि प्रदेश सरकारले छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएर्स ) तयार पारेको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालय वा अन्य सेवा कार्यालयका सेवाहरू अब यही प्रणालीमार्फत अनलाइनमै उपलब्ध हुनेछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend