जन आकाश
काठमाडौ । टाटा मोटसर््को नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र शिखर ईन्स्योरेन्स कम्पनी लि. बीच अटो प्लसमा सम्झौता भएको छ ।
शिखर ईन्स्योरेन्सको प्रधान कार्यलय शिखर विजमा भएको एक कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा. लि.को तर्फबाट संस्थाका उप–सभापति सौरव राज थपलिया र शिखर ईन्स्योरेन्सको तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेद्वारा संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको हो ।
यस अटो प्लसमा सम्झौतामा टाटा मोर्टस्द्धारा उत्पादित गाडीहरु जस्तै टाटा योद्धा, टाटा एस र टाटा इन्ट्रामा लागु हुनेछ । यस अटो प्लस स्कीममा सवारी साधनदर्ता भएको मितिबाट ५ वर्ष सम्म लागु हुनेछ । साथै यो स्कीमब्यापक मोटर बिमा पोलिसीमा मात्र लागु हुनेछ ।
जस अन्तर्गत शुन्य राजश्व कट्टी, गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्म टाटा योद्धाको लागि दैनिक भाडादर रु ३,००० र टाटा एस÷टाटा इन्ट्राका लागि भाडादर रु १,५०० प्रतिपूर्ति दिनुका साथै नयाँ गाडी प्रतिस्थापन योजना लगाएतका फाईदाहरु रहेका छन् ।
यो योजनामा सहभागी हुनका लागि ग्राहकहरुले दुर्घटना भएको अवस्थामा सिप्रदी ट्रेडिङ्ग प्रा. लि. को आफुलाई पायक पर्ने नेपाल अधिराज्यभरिको कुनै पनि आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बिमा दावी गर्न सक्नेछन् । अटो प्लस योजनाले टाटा योद्धा, टाटा एस र टाटा इन्ट्राको ग्राहकहरुलाई थप सहज हुने दुवै कम्पनीको दावी छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend