जन आकाश
काठमाडौ. सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयात कर्ता तथा बितरक भीजी अटोमोबाइल्स प्रालिले बीएस ६ प्रविधिको भारतमा फाल्न राखिएका सुजुकी एक्सेस स्कुटर नेपाली बजारमा बेच्न ल्याएको छ ।
उक्त १२५ एक्सेस नाम दिएको सुजुकी भारतमा थोत्रा भएका र रिकन्डिशन हाउसमा एक्सचेन्ज भई आएकालाई डेन्ट पेन्ट गरेर नेपाली बजारमा बेच्न ल्याईएको उच्च स्रोतले जानकारी दिएको छ ।
भारतमा थोत्रा भइसकेको गुणस्तरहीन एक्सेस १२५ नाम दिएको स्कुटर नेपाली बजारमा ल्याईएको बिषयमा यातायात कार्यलयमा बुझ्दा बिभागका एक कर्मचारीको भनाई अनुसार “हामीलाई पनि त्यस बिषयमा कम्प्लेन आएको छ । बुझेर त्यस्ता गुणस्तरहिन स्कुटर भीजीले बिक्री बितरण गरेको रहेछ भने कारवाही हुन्छ । ” भनेका छन् ।
नेपाली बजारमा भारतमा फेल भईसकेका यस्ता गुणस्तरहीन सवारी साधनहरु ल्याएर बेच्ने गरेको धेरै गुनसाहरु आएको भएपनि यातायात कर्मचारी र नेपालमा सवारी साधन बिक्री गदै आएका केही भिजी जस्ता बदनामित कम्पनीहरुले सम्बन्धित निकायलाई प्रलोभनमा पारेर नेपालका सर्वसाधरण ग्रहकहरुलाई झुक्याउने गरिएको छ ।
यता पर्टी सवैको ध्यान पुगोस ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend