logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ए डिभिजन लिग कात्तिक २९ देखि सञ्चालन हुने


  • जन आकाश
  • आइतबार, साउन १७ २०७८

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको झण्डै दुई महिना पछि सरेको छ । यसअघि असोज ३ देखि हुने तय भएको प्रतियोगिता अब कात्तिक २९ अर्थात नोभेम्बर १५ देखि हुने भएको छ ।



आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) र क्लबहरुबीच भएको छलफलले प्रतियोगिता पछाडि सार्ने निर्णय गरेको हो । आउँदो अक्टोबरमा साफ च्याम्पियनसिप आयोजना गर्नुपर्ने भएपछि घरेलु लिग पछि सारिएको एन्फाले बताएको छ ।

ए डिभिजनको प्रथम हुनेले ७५ लाख राशिको पुरुस्कार पाउने

यस वर्ष लिग विजेताले ७५ लाख रुपैयाँ पाउने भएको छ । यसअघि विजेताले ५० लाख रुपैयाँ पाउने तय भए पनि आइतबारको बैठकले पुरस्कार राशी बढाउने निर्णय गरेको एन्फाका एक अधिकारीले जानकारी दिए ।

त्यस्तै उपवेजताले ५० लाख, तेस्रो हुनेले २५ लाख रुपैयाँ पाउनेछन् । लिग तयारीका लागि क्लबहरुलाई एन्फाले २० लाख रुपैयाँ दिनेछ । १४ क्लबबीच सिंगल राउन्ड रोविनमा हुने लिगको पुछारमा रहने दुई टिम बी डिभिजनमा घटुवा हुनेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend