logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कलाकार म्युजिकल भलिवल प्रतियोगिता सम्पन्न


  • जन आकाश
  • आइतबार, साउन १७ २०७८

काठमाडौ । एक्टिभ इन्टरटेन्टमेन्ट प्रा.लिको आयोजनामा गएको हप्ता गुरु पुणिमाको अवसर पारेर ( आफ्ना गुरु हरुलाई सम्झने र पुज्ने दिन मिति २०७८ साउन ९ गते शनिवारका दिन मुलपानीस्थित गणेश हिमाल स्कुलको प्रगणमा शुभकामना आदान प्रदान तथा कलाकार म्युजिकल भलिवल प्रतियोगिताको सम्पन्न भएको एक्टिभ इन्टरटेन्टमेन्ट प्रा.लिका अध्यक्ष तथा कलाकार बिजेन्द्र नौ वागेले जानकारी दिएका छन् । सोही कार्यक्रमकै अवसरमा र्सजक तथा गायक कृष्ण स्वर्णकारको अमेरिकन डलर नामक तिज गीत समेत लोकार्पण प्रमुख अतिथि कलाकार पुकार भट्टराइले गरेका थिए ।



उक्त रमाईलो भलिबल प्रतियोगितामा खेल खेलोै स्बस्थ बनोै, भन्ने मुल नाराको साथमा आयोजना गरिएको म्युजिकल भलिबल कार्यक्रम सफल भएको हो । । त्यस प्रतियोगितामा ५ टिमले भाग लिएका थिए । ति टिमहरुमा विभिन्न क्षेत्रका प्रख्यात कलाकार ,निर्देशक,निर्माता गायक मोडलहरुको साथैसंगीत प्रेमी हरुको उल्लास मय उपस्थित रहेको थियो ।

सहभागी टिममा प्रतिस्पर्धा हुदा प्रथम पुरुस्कार रास्ट्रय लोक दोहोरि प्रतिष्ठानले जितेको थियो । सहभागी ५ वटै टिमलाई त्यस कार्यक्रम प्रमुख अतिथिसमत रहेका बरिस्ठ कलाकार तथा निर्देशक पुकार भटराईले प्रमाण पत्र पुरुस्कार वितरण गरेका थिए ।

सहभागी कलाकार हरुमा गायक रुपक डोटेल, नायक शितल के सि, गायक पुस्कल तिमिल्सिना , हास्य कलाकार कुमार गजुरेल,लोक दोहोरी गायक स्रजक सुजन लम्साल ,नीर आले गायक लगायत चलचित्र निर्देसक अ्मर वलि ,मिलन आले साथै कलाकारहरु को बाक्लो उपस्तिथि ले निकै रमाईलो गराएको थियो।

कार्यक्रममा प्रमुख अतिथिले आफ्ना भनाइहरु राख्दै यसरी कलाकारहरुलाई पनि खेलकुदमा सहभागी गराउदा सामुहिक भावना र स्वास्थ्यको लागि पनि राम्रो हुने बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend