जन आकाश
“ईन्करेजमेन्ट अवार्ड २०२०” घोषणा, मिडिया पार्टनरमा जन आकाश
काठमाडौ – सुर्योदयको देश जापानमा पहिलो संस्करण भव्य रुपमा सम्पन्न भएको विश्वको पहिलो भनेर दाबी गर्दै आएको “ईन्करेजमेन्ट अवार्ड २०१९” को सफलता पछि हेराल्ड मिडिया हाउस नेपालले दोस्रो “ईन्करेजमेन्ट अवार्ड २०२०” घोषणा गरेको छ ।
उक्त कार्यक्रमका निर्देशक तथा हेराल्ड मिडिया हाउस नेपालका अध्यक्ष समीर लामाका अनुसार, दोस्रो “ईन्करेजमेन्ट अवार्ड २०२०” असोज पहिलो साता इटालीको रोम शहरमा हुने बताएका छन । पहिलो संस्करण जापानको टोकियोमा सम्पन्न भए सङगै यस संस्करणलाई इटालीमा गर्न लागेको अध्यक्ष लामाले जन अकाश मिडियासँग कुरा गदै बताएका हुन् ।
यो अवार्ड बिश्वकै पहिलो समाबेशी अवार्ड रहेको लामाको दाबी रहेको छ भने विभिन्न बिधामा गरि कुल ४६ वटा बिधा रहेको र उक्त अवार्डमा सबै क्षेत्रका ब्यक्तित्वहरुलाइ प्रोत्साहन गर्ने हेतुले अवार्ड कार्यक्रमको आयोजन हुँदै आएको अध्यक्ष लामाले बताएका छन ।
असोजको पहिलो हप्ता इटालीको रोममा सम्पन्न हुने दोश्रो “ईन्करेजमेन्ट अवार्ड २०२०” लाई आयोजक हेराल्ड मिडिया हाउस नेपालले संयोजन गर्ने छ भने उक्त कार्यक्रममा नेपालवाट ख्याति प्राप्त कलाकारहरु सङगै प्रतिष्ठित अनि वरिष्ठ ब्याक्तित्वहरु , समाजसेवी,व्यावसायिहरु लगाएतका ब्याक्तिहरु सो कार्यक्रममा सहभागी हुने आयोजकले बताएको छ ।
कार्यक्रम यूरोपमा वासोवास गर्ने नेपालीहरुको उल्लेखनिय रुपमा सहभागिता रहने पनि जनाईएको छ । कोरोना महामारीले अहिले सन्सारनै थला परिरहेका छन, सम्पुर्ण क्षेत्र बन्दबन्दिनै जस्तो छ तर विश्व स्वास्थ सङ्गठनको मापदण्ड अपनाउदै अहिले युरोपेली देशहरु लगायत एसियन मुलुकहरु पनि सहज भएका छन । इन्करेजमेन्ट अवार्ड एक बेग्लै किसिमको अवार्ड भएको हुँदा यो अवार्डमा समाबेश हुने सम्पुर्ण क्षेत्रका ब्याक्तिहरु खुशी हुने गरेका ।
जापानमा पहिलो सस्करणमै नेपालबाट नेपालको पैसा डिजाइनर सुन्दर श्रेष्ठ , नायक धिरेन शाक्य, नायक सरोज खनाल, हास्यकलाकार शिव हरि नेपाल ,हास्य कलाकार इन्द्र दोङ खम्बे, जुरेली नामले प्रख्यात कलाकार अस्मिता सुनार, अस्मिता बस्नेत थुम्की, समाजसेबी अमृत लामा थिङ, कलाकार राजेन्द्र गिरि गुन्द्रुके, गायिका अन्जु गौतम, सफल व्यावसायि गोमा लामा, मोडल तथा कलाकार दिपक डोटेल, कलाकार उद्दब प्रसाद भट्टराई,चर्चित रियालिटी सो कमेडी च्याम्पियनका हास्यकलाकार गणेश राई लगाएत ४७ जना विभिन्न क्षेत्रका ब्याक्तिहरु सो अवार्डमा जापान पुगेका थिए ।
दोस्रो सस्करन २०२० मै गर्नु पर्ने भए पनि कोरोना महामारीका कारण २०२१ मा हुने भएको आयोजक लामाले बताएका हुन् । “कोरोना बाट थलिएका हामी फेरि उठ्ने छौ” भन्ने मुल नाराका साथ हुन लागिएको अवार्ड कार्यक्रम पश्चात् विभिन्न देशहरुको शाहरहरुमा सास्कृतिक कार्यक्रम हुने निर्देशक समीर लामाले बताए कार्यक्रमको उदेश्य कोरोना पश्चात् अस्थाई रहेको पर्यटन ,होटेल ब्यबसाय ,चलचित्र, शिक्षा लगाएतका क्षेत्रलाई उठाउन प्रेरित तथा हौसलाका साथ अवार्ड कार्यक्रम हुने कार्यक्रम संयोजक सन्जिब भट्टराई बताउछन ।
कार्यक्रमको संयोजक संजीव भट्टराइका अनुसार जन आकाश साप्ताहिक मिडिया पाटर्नरको रुपमा रहेको छ ।
नेपालका नेपालीहरुले पनि अन्तराष्ट्रियस्तरमा अवार्ड गर्न सक्छन् भन्ने उदारण बनिसकेको हेराल्ड मिडियाले यो पटक झनै राम्रोसँग अन्तराष्ट्रिय जगतमा नेपाली अवार्डको पहिचान बनाउने अनुमान लगाउन सकिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend