logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

शारडा ग्रुपको एसपिजी अटोमोबाइल्सलाई चेरी कारको वितरकको जिम्मा


  • जन आकाश
  • शनिबार, साउन २३ २०७८

काठमाडौँ । अन्तराष्ट्रिय रुपमा ख्यति कमाएको अटोमोबाइल ब्राण्ड चेरी नेपाली बजारमा बिस्तार गर्न ।आधिकारिक बितरक तोकेको छ । नेपालको शारदा ग्रुप अन्र्तगतको एसपिजी अटोमोबाइल्स लाई छानेको छ । कम्पनी अनुसार, उक्त गाडी चाँडै नै सञ्चालनमा आउने छ । चेरी ब्राण्डको आधिकारिक बिक्रेता (एसपिजी अटोमोबाइलस प्रा. लि. अटोमोवाइलस व्यवसाय क्षेत्रमा लामो समय देखि रहेको कम्पनी हो । यस दुई पक्षबीचको सहकार्यले स्थानीय बजारको साथै नेपाली अटोमोबाइल क्षेत्रको विकासमा टेवा पुग्नेमा कम्पनी विश्वस्त छ भनि बिज्ञप्ति मार्फत उल्लेख गरिएको छ ।



नेपालमा दीर्घकालीन व्यापार रणनीति बनाउदै चेरी ब्राण्ड इन्टरनेशनलले नयाँ उत्पादनको माध्यमबाट प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न र बजारको मागलाई सम्बोधन गर्न मद्दत गर्ने गरी काम भईरहेको पनि कम्पनीले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend