जन आकाश
काठमाडौ । नेकपा माओवदीका युवा नेता केन्द्रीय सदस्य तथा सगरमाथा आरोही कृष्ण केसि अचानक स्वास्थमा समस्या आइ सोमवार हस्पिटल भर्ना भएका छन् ।
जनयुद्ध कालमा उपत्यका इन्चार्ज सम्मको नेतृत्व गरेका र त्यतिबेला नेपाली सेनाले पक्राउ गरि लामो समय सैनिक हिरासतमा यातना ब्याहोरेका र लामै कारागार बन्दी बनैएका र २०६२/६३ को परिवर्तन पछि रिहा भएका केसिलाई जिउदा सहिद पनि भनिन्छ ।
माओवादी जनयुद्धमा लागेका पछि सेनाले पक्राउ गरेका २९ जनामा २७ जनालाइ ब्यारेकवाट नै बेपत्ता बनाएको समाचार आएका थियो ।
कृष्ण केसि र हिमाल शर्मालाई बामदेवको पहलमा बेपत्ता वाट जोगाइएको स्वम हिमाल शर्माले बताएका थिए।
त्यसैले उनलाइ जिउदो सहिद पनि भनिन्छ ।
माओवादी शान्ति प्रकृयामा आएपछी खासै पार्टीको राजनितीमा सकृय नदेखियका केसि ।
विभिन्न अभियानमा सकृय छन् । माओवादिका पार्टी अध्यक्षका स्वर्गीय छोरा प्रकाश सङ सगरमाथा आरोहन टिमको नेतृत्व गरेका केसिले नै बिना मगर र प्रकाशको सास्कृतिक बिचल्नको प्रश्न उठाएका थिए।
स्पष्ट बक्ता र साथिभाइ समुदाय र जनता सङ रमाउने केसि कम्युनिस्ट आन्दोलन बैज्ञानिक समाजवदी बहसको पक्षमा आवाज उठाउदै आएका छन् ।
असफ़ल भइ सकेका नेतृत्वहरुको वारेमा पनि समिक्षा गर्न सार्वजनिक कार्यक्रम वा उनका सामाजिक सन्जालमा पोस्ट गरेका स्टार्टसले पनि उक्त कुराको उजागर गर्छ ।
अन्याय र अत्याचारको विरुद्ध र नेपालको किस्टोफर बन्ने पर्यास गरिरहेका केसिलाइ हाम्रो पनि सिघ्र स्वास्थ लाभको कामना ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend