logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नाडाको ४५ औं वार्षिक साधारणसभा स्थगित


  • जन आकाश
  • मंगलबार, साउन २६ २०७८

 



काठमाडौ । नाडाको ४५ औ साधारणसभा र निर्वाचन स्थगित भएको छ । आज नाडाले प्रेस बिज्ञप्ति जारी गरेर उसले भनेको छ । जिल्ला प्रशासन कार्यलयलाई पत्रचार गरिएको तर प्रशासन कार्यलयले भीडभाड नगर्न गरेको अग्रहलाई ध्यानमा राखेर तोकेको कार्यक्रम स्थगन गर्नुपरेको नाडाले जनाएको छ ।

नाडाको बिज्ञप्ति यस्तो छ । २०७८ साल श्रावण १५ गते बसेको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको केन्द्रीय कार्य समितिको १३ औं बैठकले नाडाको ४५ औं वार्षिक साधारण सभा तथा २१ औं निर्वाचन २०७८ साल भाद्र २५ गते होटेल सोल्टी, काठमाण्डौमा सम्पन्न गर्ने निर्णय गरेको सन्दर्भमा सो साधारण सभा सम्पन्न गर्नका लागि अनुमति पाउन मिति २०७८÷०४÷१९ मा काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिएकोमा सो कार्यालयले मिति २०७८÷०४÷१९ मा कोभिड १९ को संक्रमण दर अझ उच्च हुन गई तेश्रो लहर समेत आउन सक्ने भन्दै सभा र सम्मेलन आदि गर्न नपाउने विषयमा सार्वजनिक सुचना जारी गरेको सन्दर्भमा नाडाले सो साधारण सभा तथा निर्वाचन स्थगित गरेको गर्नुपरेको आम सदस्यमा जानकारी गराउदछौ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend