जन आकाश
काठमाडौं । हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नयाँ शोरुम बनेपाको संंगम मार्गमा खोल्ने भएको छ । शोरुमको शुक्रबार कार्यक्रम गरी उद्घाटन गर्ने तयारी रहेको छ । बनेपामा हाउजेको डिलरसिप हन्ड्रेड मेम्बर्स इन्भेष्ट गु्रपले प्राप्त गरेको छ ।
कृष्ण इन्टरनेशनलका प्रवन्ध निर्देशक अमरराज कर्णिकारको प्रमुख आतिथ्यतामा शोरुमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । शोरुम उद्घाटनका अवसरमा हाउजेका ग्राहकलार्इ चावी समेत हस्तान्तरण गरिन ेकार्यक्रम रहेको छ ।
बनेपा तथा आसपासका ग्राहकलाई लक्षित गरी हाउजेको डिलर सुरुवात गर्न लागेको हन्ड्रेड मेम्बर्स इन्भेष्ट गु्रपका सञ्चालक अर्विण श्रेष्ठले बताए ।
बनेपा तथा आसपासका क्षेत्रमा हाउजे बाइक लोकप्रिय हुने विश्वास उनले लिएका छन । बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै शोरुमबाट सेवा प्रदान गर्ने उनले बतए ।
चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु नेपाली बजारमा लोकप्रिय रहेको सेल्स एण्ड मार्केटिङ हेड प्रमिला खत्रीले जानकारी दिइन । कम्पनीले नेपालका मुख्य शहरमा हाउजेको शोरुम, सर्भिस सेन्टर र पार्ट्स सहितका डिलरहरु विस्तार गरिरहेको छ । ‘डर्टसेगमेन्टको सो बाइकले नेपाली डर्टबाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको छ,’ खत्रीले भनिन् । यसमा प्रयोग गरिएका इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दावी छ । इन्जिन वारेन्टी २ वर्ष रहेको छ भने फ्रि सर्भिस ६ पटकसम्म उपलब्ध छ र पाटर्स समेत सर्वसुलभ मूल्यमा उपलब्ध रहेको खत्रीले बताइन् ।
काठमाडौंको कमलपोखरी स्थित कृष्ण पाउरोटी सँगै कम्पनीको मुख्य शोरुम छ । काठमाडौं उपत्यकाको टेकु, नयाँ बजार र चाबहिलमा हाउजेको शोरुम छन् । उपत्यका वाहिर चितवन, हेटौंडा, पोखरा, इलाम र संखुवासभामा अन्य शोरुम छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend