logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कृष्ण इन्टरनेशनलले बनेपामा खोल्यो हाउजेको शोरुम


  • जन आकाश
  • शनिबार, साउन ३० २०७८

 



काठमाडौं । हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नयाँ शोरुम बनेपाको संंगम मार्गमा खोलेको छ । कृष्ण इन्टरनेशनलका प्रवन्ध निर्देशक अमरराज कर्णिकारले शोरुमको शुक्रबार उद्घाटन गरेका हुन् । बनेपामा हाउजेको डिलरसिप लिएको हन्ड्रेड मेम्बर्स इन्भेष्ट गु्रपले बिक्री, स्पेयर्स पार्टस र सर्भिस सेन्टर समेतको सुविधा ग्राहकलाई उपलब्ध गराउन सुरु गरेको छ ।

शोरुम उद्घाटनका अवसरमा ३ जना हाउजेका ग्राहकलाई चावी समेत हस्तान्तरण गरिएको हन्ड्रेड मेम्बर्स इन्भेष्ट गु्रपका सञ्चालक अर्विण श्रेष्ठले जानकारी दिए । बनेपा तथा आसपासका क्षेत्रमा हाउजे बाइक लोकप्रिय हुने विश्वास उनले लिएको कार्यत्रममा बताए । बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै शोरुमबाट सेवा प्रदान सुरुगरिएको उनले बताए ।

चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु नेपाली बजारमा लोकप्रिय रहेको कम्पनीले जनाएको छ । कम्पनीले नेपालका मुख्य शहरमा हाउजेको शोरुम, सर्भिस सेन्टर र पार्ट्स सहितका डिलरहरुविस्तार गरिरहेको छ । डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्टबाइक बजारमा ल्याएको हो । यो बाइकले नेपाली बजारमा अहिले सम्मकै प्रतिस्पर्धा थपेको कम्पनीले जनाएकाद ेछ । यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो  र कठिन सडकमा पनि नथाक्ने कम्पनीका दावी छ । इन्जिन वारेन्टी २ वर्ष रहेको छ भने फ्रि सर्भिस ६ पटकसम्म उपलब्ध छ र पार्टस्स समेत सर्व सुलभ मूल्यमा उपलब्ध रहेको कार्यत्रममा जानकारी दिएको छ ।

काठमाडौंको कमलपोखरी स्थित कृष्ण पाउरोटी सँगै कम्पनीको मुख्य शोरुम रहेको । काठमाडौं उपत्यकाको टेकु, नयाँबजार र चाबहिलमा हाउजेको शोरुम छन् । उपत्यका वाहिर चितवन, हेटौंडा, पोखरा, इलाम र संखुवासभामा अन्य शोरुम भएको पनि कृष्ण टे«डिङका अध्यक्ष कणिकारले बताएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend