logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल राष्ट्र बैंङ्कको मौद्रिक नीतिलाई नाडाको समर्थन


  • जन आकाश
  • शनिबार, साउन ३० २०७८

 



काठमाडौ । नेपाल राष्ट्र बैकले सर्वाजानिक गरेको २०७८÷२०८९ को मौद्रिक नीतिले नाडाले दिएको सुझावलाई समेटेको हुनाले नाडा क्षेत्रका ब्यवसायीहरु खुशी भएको नाडाले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

उसले भनेको छ ।, उक्त मौद्रिक नीतिमा विद्युतिय सवारी साधन खरिदको लागि कायम गरिएको कर्जा धितो अनुपातको विद्यमान सीमा यथावत कायम राख्दै यस्ता सवारी साधनको लागि आवश्यक चार्जिङ्क स्टेशन स्थापनाको लागि प्रवाह हुने कर्जामा पुनरकर्जा उपलब्ध हुने व्यवस्था मिलाइने छ भनिएको छ ।

यसबाट अटोमोवाइल व्यवसायीहरुलाई केही राहत पुग्ने देखिएको छ ।
सो मोद्रीक नीतिमा कोभिड १९ महामारीबाट अति प्रभाववितक्षेत्र मध्ये सार्वजनिक यातायात व्यवसायका ऋणीले २०७८ पुससम्म भुक्तान गर्नु पर्ने साँवा तथा व्याज दायित्वको समयावधि एक बर्षसम्म थप गरी कम्तिमा चार किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था गरिनेछ भनिएको छ । त्यसैगरी कोभिड १९ बाट अति प्रभावित सार्वजनिक यातायात संचालन÷मर्मत सम्भारको लागि बैंक तथा वित्तीय संस्थाले प्रति सवारी साधन रु २ लाखसम्म थप कर्जा प्रदान गर्न सक्ने व्यवस्था मिलाइने छ र ऋणी स्वयं रोजगार हुने उद्धेश्यले सवारी साधन खरिद गर्न प्रवाह हुने रु २५ लाखसम्मको कर्जालाई विपन्न बर्ग कर्जामा गणना गर्न सक्ने व्यवस्था मिलाइने भनिएको छ । यसबाट विपन्न बर्गलाई सवारी साधन खरिदगरी व्यवसाय सञ्चालन गर्न र सार्वजनिक यातायातको व्यवसायमा संलग्न व्यवसायीहरुलाई केही राहत पुग्ने देखिन्छ ।

उक्त मोद्रिक नीतिमा कोभिड १९ महामारीका कारण संकटग्रष्ट उद्योग लगायत यातायातक्षेत्रको पनरुत्थानको लागि व्यववसाय निरन्तरता कर्जा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिने बताइएको छ । त्यसैगरी कोभिड १९ महामारीले समग्र अर्थतन्त्रमा पारेको प्रभाव समेतलाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रदान गरेका ऋणी फर्म, कम्पनी वा संस्था लगातार २ बर्षसम्म खुद नोक्सानीमा रहेमा सुक्ष्म निगरानी बर्गमा बर्गिकरण गर्नु पर्ने व्यवस्थालाई परिवर्तनगरी लगातार ३ बर्षसम्म खुद नोक्सानीमा रहेमा मात्र सुक्ष्म निगरानी बर्गमा बर्गिकरण गर्नु पर्ने व्यवस्था गरिनेछ भन्दै बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गरेका ऋणीहरुमध्ये कोभिड १९ को कारण वित्तीय अवस्था तथा नगद प्रवाहमा नकारात्मक असर परेका ऋणीहरुलाई बैंक तथा वित्तीय संस्था स्वयले विश्लेषणगरी किस्ता रकम घटार्ई भुक्तानी अवधि थप गर्न सकिने व्यवस्था गरिने छ भनिएको छ । यसबाट कोभिड १९ महामारीका कारण संकटग्रष्ट उद्योग लगायत यातायातक्षेत्रले पनि राहत पाउने देखिन्छ ।

त्यसैगरी उक्त मौद्रिक नीतिले निषेधाज्ञा अवधिको २०७८ असारसम्म भुक्तानी गर्नु पर्ने इएमआई÷इक्यूआई वा अन्य सांवा व्याज भुक्तानी गर्न नसकेको ग्राहकहरुको वित्तीय स्थिति बंैक तथा वित्रीय संस्थाले मूल्याङ्कनगरी २०७८ पुस मसान्तसम्म भुक्तानी म्याद थप गर्न सक्ने व्यवस्था गरिनेछ भन्दै नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न बैङ्क तथा वित्तीय संस्थाहरुबाट आधार दरमा कर्जा उपलब्ध हुने व्यवस्था मिलाइने छ समेत भनिएको छ । यसबाट नीजिक्षेत्रले समेत खोप उत्पादनगरी सामाजिक उत्तरदायीत्व निर्वाह गर्ने अवसर पाउने देखिएको छ । यस मोद्रीक नीतिको समग्र रुपमा मूल्याङ्कन गर्दा देशको आर्थिकक्षेत्रमा सकारात्मक प्रभाव पार्ने स्पष्ट रुपमा देखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend