logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

अफगानिस्ताको वारेमा मुक्तान थेवा लेख्छन् ,हत्तियार बेच्न मच्चाइको अन्तराष्ट्रिय चाल


  • जन आकाश
  • सोमबार, साउन ३२ २०७८

प्रश्न(उत्तर  तालिवानी युद्ध
प्रश्नस् सन् १८८९ मा अफगानिस्तानबाट सोभियत संघको सेना फिर्ता भयो । कसले गर्दा र कसको स्वार्थमा सोभियत सेना फिर्ता भए ? र तालीवान कसको बिरुद्ध कसले जन्मायो र तालिवानलाई हत्यार कसले बेच्यो ?
उत्तरस् साम्राज्यवादी युद्ध सरदार( अमेरिका ।
प्रश्नस् सन १९९८ मा तालिवानलाई सत्तामा पुर्याएको कसले ?
उत्तर अमेरिका ।
प्रश्नस् सन् २००१ सेप्टेम्बर ११ मा अलकायदारओसामा बिन लादेनले अमेरिकाको पेन्टागनमा हानेपछि लादेनलाई लुकाएको आरोपमा अफगानिस्तामाथी सैनिक हमला गरेर तालिवानलाई सत्ताच्युत गर्ने र लाखौँ निर्दोष अफगानी जनताको हत्या गर्ने र आफ्नो गुलामलाई सत्तामा ल्याउने र तेल भन्डार कब्जा गर्ने को ?



उत्तर अमेरिका ।
प्रश्नस् आजको दिनमा पुनः चरमपन्थी तालिवानले अफगानी सत्ता कब्जा गर्दैगर्दा तालिवानले बोकेको बम, बारुद, राइफल, लन्चर आदि कहाँ बनेकोरु कसले बेचेकोरु र त्यसबाट सबभन्दा धेरै नाफा कसले कमाएको छ ?
उत्तरस् अमेरिका । चाइना पनि यसबाट राम्रै नाफामा छ ।

प्रश्नस् अब ईस्लामिक चरम पन्थी सत्तामा आइसके पछि फेरि पनि उहि पुरानै चक्र दोहोरिँदैन । र अफगानिस्तानमा शान्ति र स्थिरता आउँछ भन्ने कुनै ग्यारेन्टी छ ?

उत्तरस् छैन । आजका बिश्वका साम्राज्यवादी शक्तिहरुले त्यसो हुन दिने छैन ।
प्रश्नस् यसको मुख्य कारण के हो त ?

उत्तरस् आजका युद्ध सरदार साम्राज्यवादी शक्ति राष्ट्रहरुको निम्ति युद्ध र हत्यारको ब्यापार सबैभन्दा सजिलो र नाफामुखी ब्यापाररब्यबसाय हो ।
प्रश्नस् त्यसो भए समाधान के हो त ?

उत्तरस् कुनै पनि देशभित्रका उत्पीडित सर्वाहारा जनताको मालेमावादी संघर्ष र बैज्ञानिक समाजवादी सत्ताको स्थापना हो ।

निश्कर्षस् त्यसैले आज ईस्लामिक चरमपन्थी तालिवानले अफगानिस्तानी सत्ता आफ्नो हातमा लिँदै गर्दा र अमेरिकी कठपुतली घानीले अफगानिस्तान छोड्दै गर्दा तत्कालको लागी अमेरिकी साम्राज्यवाद पराजित भएको जस्तो देखिए पनि खास अर्थमा उत्पीडित अफगानी जनताको समग्र मुक्ती यो होइन। यसलाई उत्पीडित अफगानी जनताको जीतको रुपमा बुझ्नु ठुलो भूल हुनेछ ।

चरमपन्थी तलिवान र त्यसले फेरि पनि छुट्टै कट्टरपन्थी ईस्लामिक कानुन सरिया र फतवा जारी गरेर अफगानी उत्पीडित जनतामाथि अत्याचार र क्रूर दमन गर्ने नै छ्न् । र त्यसैलाई आतंकवाद घोषणा गरेर फेरि पनि साम्राज्यवादी सैन्य हमला हुनेनै छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend