logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नारायणी अस्पतालको अख्तियारको छापा सरकारी निकाय माथि कस्को हुदैछ धावा


  • जन आकाश
  • मंगलबार, भाद्र १ २०७८

 



 

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा सञ्चालित फार्मेसीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । नेपालका सरकारी निकायका कार्यलयहरुमा कुनै कर्मचारी नै भ्रष्ट भएर सिध्याउछन् त कतिपय कुराहरुमा सरकारी निकायवाट उत्पादन सेवा जनताले पाएभने निजी वा अन्य बिदेशी माफियाहरुले नाफा कमउन पाउदैनन् । त्यसको बदलामा केही प्रयोजित मिडियाहरुलाई पैशा दिएर समाचार लेख्न लगाउछन् । अनि अख्तियारले छापा मार्छ लामो समयसम्म अख्तियारले अनुसंन्धान गर्न लगाउछ । त्यतिवेलासम्म निजी वा बिदेशी माफिया कम्पनीले आफ्नो लक्ष्य पुरा गरिसकेको हुन्छ ।

जस्तै नेपालमा एयरवस खरिद प्रकरणमा भ्रष्टचार भनेर समाचार आयो त्यतिवेला नेपाललाई प¥र्यटन बर्ष मनाउने तयारी गरिदै थियो । त्यो समाचारको आधारमा सदनमा कुरा उठ्यो नेपाल एयरलाइन्सले तत्कालै एयरवस किन्न सकेन फाइलहरु अख्तियारले छानविन गर्न सिल ग¥यो कामकाज ठप्प भयो । त्यसको चार बर्षपछि संसदीय लेखा समिति, अख्तियार दुरुपयोग आयोगले अनियमितता नभएको प्रतिवेदन निकाले तर नेपाल एयर लाईन्सले समयमा एयरवस किन्नवाट बन्चित हुदा अरर्बौ आम्दानी गर्ने अवसर गुमाएको थियो भने नेपालका पाइलट पढेका बिधार्थीहरु रोजगार अवस्सथावाट बञ्चित भएका थिए ।

चोभारको एभरेष्ट सिमेन्ट कारखानामा पनि बिगतमा मजदुरको नाममा आन्दोलन गर्न लगाउने को को थिए । त्य उधोगको पाटपुर्जा रातरात फेर्न लगाउने को को थिए । पछि ति मजदुरहरुे मजदुरको नेता बनेर आएकाले मजदुरमाथि नै गरेको छलछाम उजागर गरेका थिए । तर समय गुज्रीसकेको थियो सदाको लागि एभरेष्त सिमेन्त कारखानाा बन्द भयो । यस्ता उदारण धेरै छन् । नेपाल बिकास हुन नसक्नुमा कर्मचारी मात्र दोषि छैनन् । ति कर्मचारीलाई गलत निर्देशन दिने राजनीतिक पार्टी र ति राजनीतिक पार्टी हाम्रो देशको जनता र माटोवाट निर्देशित छैनन् । भन्ने देखाउछ ।

जसको कारणले

बेला बेलामा अनुगमन र अख्तियार समाचार जस्ता नामवाट असर पनि पुगेको छ । केही समय अगाडी र बेलाबेलामा नेपालको डिडिसि दुधः बिकासलाई पनि ध्यस्त बनउन कोही लागेको देखिन्छ । हुनत त्यहा भित्र पनि कमिकमजोरी होलान् । किनकी नेपालमा निजी डिडिसि दुध बिकास संस्थान कै क्षमतामा चलाइएका कम्पनीहरुले अनुगमन र उपभोक्ता नामका संस्थाहरुलाई जन्माएर राखेको छ । जसले ति निजी कम्पनीहरुले निर्देशन दिने बित्तिक्कै नेपालका वास्तविक किसानसँग जोडिएको दुधः बिकास संस्थान डुबाउन खेल खेल्दैछन् ।

गुणस्तर, मापदण्ड हुनुपर्छ यो सवैको माग हो । उपभोत्ताको अधिकार हो । त्यो सामान्य नगरिको अधिकारमा उपभोक्ता संस्थाहरु क्रियाशील छन् की निजी कम्पनी जो नेपालका घरानिया अर्थात कर्पोरेट हाउसको पक्षमा छन् भन्ने प्रश्न उठ्न थालेको छ ।

यसरी सरकारी निकायहरुमा कुन पार्टीको कुन बयाक्तिलाई पु¥याएर भ्रष्टीकरण गर्न सकिन्छ भन्ने उदेश्यले त्यहा पु¥याएर नेपाल सरकार मातहतका सवै उधोग, ब्यापार, सस्थान सक्ने अनि हुदा हुदा नेपाल एक ट्ुक्रा पाउरोटीको लागि पनि परनिर्भर हुनुपर्ने खेलमा कतै ठुला ठुला ष¥यन्त्र त भइराखेका छैनन् ।

यदि त्यसो होइन भने अख्तियारले गर्ने कामकारवाही कुनै ठाउमा छापा मारेर सिल गरेर समय खेर फाल्ने होइन अनुसंन्धान अवधिमा पनि त्यस कार्यलयलाई हानि नोक्सानी नपुग्ने गरी काम नरोक्ने पछि भ्रष्टचार गरेको ठहरिएमा अनियमितता गर्नेलाई जेल हाल्नुपर्छ । अचेल तिकडम गर्न र उजुरीको भरमा गर्ने हर्कतहरुले प्रचारमा भुमिका खेल्ला तर देशको समग्र दक्षता प्रति ध्यान पुग्दैन । त्यसैले सुशान युक्त देश बनाउन सम्बन्धित निकायहरुले संवेदनशील भएर काम गर्नूपर्छ ।

सस्तो लोकप्रीयताको लागि अस्पताल जस्तो संवेदनशील क्षेत्रमा कार्यलय भित्र नै अनुसंन्धान गर्ने कुरा न्याय संगत छैन । त्यहाका छापा मार्ने दिनसम्मका फाइलहरु ल्याएर छानबिन गर्ने त्यो दिन भन्दा पछाडीमा नयाँ फाइल बनाएर काम गर्न दिने वातावरण बन्नुपर्छ । तर कामकाजमा ठप्प हुने गरी छानविन गर्नु एभरेष्ट सिमेन्ट कारखाना, जनकपुर चुरोट कारखाना, हेटौडा कवडा उधोग, बालाजु कबडा उधोग, भृकुटी कागज कारखाना बन्द गराउने खेलिएको खेल जस्र्तै नारायणी अस्पताल त्यसको सिकार नबनोस् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend