जन आकाश
काठमाडौ । टाटा मोटर्सको नयाँ फरएभर रेन्जका गाडीहरु नेपालमा भित्रिएका नेपालको आधिकारिक बिक्रेता सिप्रदी टे«डिङले जानकारी दिएको छ ।
ति गाडीहरुको बिशेषता यस प्रकार रहेका छन् ।
शक्तिशाली बि.एस. सिक्स ईन्जिन, इम्प्याक्ट २.० अन्तर्गत आकर्षक डिजाईनमा निर्मित ।
विश्वसनिय र लोकप्रिय मोडलका टाटा टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ पाँचवटा नयाँ मोडलका गाडीहरु ।
टाटा नेक्सन जसले हालैमात्र ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गर्न सफल भएका छन् । हृयाचब्याक सेगमेन्टमा टाटा अल्ट्रोजले ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरेको छ भने टियागो र टिगोरले फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त गरेका छन् ।
सिप्रदी टेड्रङका शोरुमहरुमा नेपालभरी उक्त गाडीहरु प्रप्त गर्न सकिने छ । ति गाडीहरु – टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ – बि एस सिक्स प्रविधिले सम्पन्न छन् । यो संगै टाटा कंम्पनी उक्त ईन्जिन प्रविधि भएको पाँच मोडलहरु एकैपटक सार्वजनिक गर्ने नेपालकै पहिलो कंम्पनी हो । यिनिहरुको बनावट अत्यन्तै सुन्दर छ, किनकी यो टाटाको इम्प्याक्ट २.० डिजाईन ल्याङ्ग्वेज अनुसार तयार पारिएकोे छ । बदलिदो समयको माग अनुसार पुनः डिजाईन गरिएको टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ कार्य क्षमता, आरामदायी र सुरक्षाको दृष्टीकोणले पनि अरु भन्दा अग्रस्थानमा रहेको छ ।
टाटा मोटर्स् इन्टरनेशनल बिजनेश हेड (प्यासेन्जर भेहिकल्स मायकं बाल्डीले “टाटा मोटर्स्का बिबिध रेन्जका गाडीहरु नेपाली ग्राहकहरुले लामो समय देखि अत्यन्त रुचाईरहनु कारण नेपाली ग्रहकले भने अनुसारको उत्पादन दिन हामी सक्षम छौ । त्यसैले टाटाका नयाँ जेनेरेशनका प्यासेन्जर गाडीहरु सार्वजनिक गरी डिजाईन, सुरक्षा र आराम टाटा गाडी निर्माणका मुख्य तिन आधारहरु हुन् ।तिनलाई हामीले कहिल्यै कम्परमाइज गरेनौ ”
“यसै सन्दर्भमा इम्प्याक्ट २.० डिजाईनमा निर्मित बि.एस. सिक्स रेन्जका गाडीहरुमा पनि डिजाईन, सुरक्षा र आरामको लागि उच्चस्तरिय बिशेषताहरु छन् ।
यसैगरी सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ कुशल नेतृत्व समालि राख्नु भएको छ उहाकै भनाई अनुसार “ बि. एस. सिक्स रेन्जका अत्याधुनिक बिशेषतायुक्त गाडीहरु आफ्नो श्रेणिका अन्य गाडीहरु भन्दा संरचनागत र प्राविधिक दुबै दृष्टीकोणले अगाडी रहेका छन् । यिनीहरुले नेपाली उपभोक्ताहरुको बदलिंदो आवश्यकता र अपेक्षालाई पुरा गरी नेपाली बजारको ठुलो हिस्सा ओगट्न सफल हुदै आएको छ ।
१. नयाँ टियागो
१२०० सि.सि. ईन्जिन क्षमताको नयाँ टियागो को बनावट आकर्षक (स्पोर्टी) रहेको छ । उन्नत खालको सस्पेन्सन प्रणाली र एन्ड्रोइड अटो जस्ता पछिल्ला इन्फोटेन्मेन्ट सुविधाहरु भएको यो गाडी रातो, पहेलो, निलो लगाएत ६ वटा रङ्गहरुमा उपलब्ध रहेको छ । टाटा टियागो फोर स्टार सेफ्टी रेटिङ्ग पनि प्राप्त गर्न सफल भएकोे छ । यसको सुरुवाती मुल्य रु २८ लाख रहेको छ ।
२. नयाँ टिगोर
१२०० सि.सि. ईन्जिन क्षमताको नयाँ टिगोरमा डिजिटल इन्स्र्टुमेन्ट क्लस्टर र रिर्भसिङ्ग क्यामेरा जस्ता अत्याधुनिक सुविधाहरु रहेका छन् । मनमोहक बनावट सहित उत्कृष्ट सुरक्षाको बिशेषता भएको यो गाडी पाँचवटा रङ्गहरुमा उपलब्ध रहेको छ । टाटा टिगोरले पनि फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त गरेको छ । यसको सुरुवाती मुल्य ३२ लाख ५० हजार रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend