जन आकाश
काठमाडौ । कृष्ण इन्टरनेशनलद्वारा बिक्री बितरण हुदै आएको हाउजे बाईकको देशभरका शोरुममा एक्स्चेन्ज अफर शुरु भएको छ । उक्त अवसरमा १५ हजार सम्मको छुट प्याकेज दिने गरी ल्याएको हो ।
हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्णइन्टरनेशनल ट्रेडिङ कन्सर्नले देशभरका शोरुममा एक्स्चेन्ज अफर सुरु गरेको छ । भदौ २ गतेवाट सुरु भएको एक्स्चेन्ज अफर १५ दिनसम्म चल्ने कृष्ण इन्टरनेशनलका सेल्स म्यानेजर रुक्सान खत्रीले जानकारी दिए ।
एक्स्चेन्ज गर्दा पुरानो बाइक तथा स्कुटरको मूल्यमा अतिरिक्त १५ हजार रुपैयाँ मूल्यांकलन गरिने तथा नगदमा बाइक खरिद गर्दा पनि १५ हजार रुपैयाँ छुट प्रदान गरिने खत्रीले जानकारी दिए ।
काठमाडौंको कमलपोखरी स्थित कृष्ण पाउरोटीसँगै कम्पनीको मुख्य शोरुम छ । काठमाडौं उपत्यकाको टेकु, नयाँबजार, चाबहिल र बनेपामा हाउजेको शोरुम रहेका छन् । उपत्यका वाहिर चितवन, हेटौंडा, पोखरा, इलाम र संखुवासभामा अन्य शोरुम छन् । हाउजेको एनके १५० सिसीको बाइक धेरैको रोजाईमा परेको बताउँदै खत्रीले एक्स्चेन्ज अफरले ग्राहक अझैबढी आकर्षित हुने विश्वास व्यक्त गरेका छन् ।
चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु नेपाली बजारमा लोकप्रिय रहेको खत्रीले बताए ।
कम्पनील नेपालका मुख्य शहरमा हाउजेको शोरुम, सर्भिस सेन्टर र पार्ट्स सहितका डिलरहरु विस्तार गरिरहेको छ । ‘डर्टसेगमेन्टको सो बाइकले नेपाली डर्टबाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको छ,’ खत्रीले भने यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसका ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दावी छ । इन्जिन वारेन्टी २ वर्ष रहेको छ भने फ्रि सर्भिस ६ पटकसम्म उपलब्ध छ र पार्टस्समेत सर्व सुलभ मूल्यमा उपलब्ध रहेको खत्रीले जानकारी दिए । ‘बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै हामीले सेवा प्रदान गरिरहेका छौं,’ खत्रीले भने ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend