logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

महालक्ष्मी विकास बैंक लि. र सिप्रदि ट्रेडिङप्रा. लि बिच सम्झौता


  • जन आकाश
  • शुक्रबार, भाद्र ४ २०७८

 



काठमाडौ । महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जासेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदि ट्रेडिङ प्रा. लि.सँग २०७८ साल भाद ४ गते शुक्रवार सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार सिप्रदि ट्रेडिङप्रा. लि. बाट ग्राहकहरुले TATA  ब्राण्ड कागाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंक मार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुलाई अधिकतम ५ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ७० प्रतिशत सम्म कर्जा प्रवाह गरिने छ ।

देशका १०३ वटा शाखाहरुबाट ग्राहकहरुलाई बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. का सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपलब्ध हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend