logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गरिमा सिरियलमा शिर्ष गीत समावेश


  • जन आकाश
  • शनिबार, भाद्र ५ २०७८

काठमाडौ । एसके फिल्म नेपाल युटुव च्यानलमार्फत प्रशारित भईरहेको गरिमा सिरियलमा शिर्ष गीत समावेश गरिएको छ । शंकर अधिकारी घायलको रचना, राजेश कुमार श्रेष्ठको संगीत तथा रिशु श्रेष्ठ (मिमि) को स्वरमा गाइयको शिर्ष गीत भाग १५ वाट समावेश गरिएको छ ।



दर्शकको चाहना अनुरुप गीत समावेश गर्न पाउदा आफुलाई अत्यन्तै हर्ष लागेको कुरा त्यस सिरियलका नायिका तथा निर्माता सविता खड्काले बताएकी छन् । उनको भनाईलाई आधार मान्दा फिल्म क्षेत्रमा लकडाउन पछि मन्दी छाएपनि यस्ता नयाँ प्रयोगहरुले कलाकारहरुलाई प्रोत्साहन पुग्ने पनि उनले बताइन् ।

नारीको बेदनामा बनेको गरिमा सिरियललाई निर्देशक उत्सव केसीले उत्कृष्ट ढंङगले उतारर्दै आएका छन् । उनले भने, “यस शिर्ष गीतले गरिमा सिरियललाई नयाँ उचाइमा पु¥याउनेमा आशावादी भएको जन आकाशलाई बताए” ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend