logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बरिष्ठ कलाकार मुकुन्द थापालाई चलचित्र बोर्डको सहयोग


  • जन आकाश
  • सोमबार, भाद्र ७ २०७८

 



काठमाडौ । बिगत २५ बर्ष देखि नेपाली चलचित्र क्षेत्रमा सफल खलनायकको रूपमा परिचित नेपाल चलचित्र कलाकार संघको अनुशासन समितिका सह –संयोजक ख्यातिप्राप्त अभिनेता मुकुन्द थापालाई चलचित्र बिकाश बोर्ड अन्तरगतको चलचित्रकर्मी कल्याण कोषबाट कदर सम्मान स्वरूप उपचारका लागि १ लाँख रकम प्रदान गरेका छन् ।

बोर्डका अध्यक्ष दयाराम दाहाल र कोषकी संयोजक बशुन्धरा भुषालले मुकुन्द थापाको निवासमा नै गएर उक्त रकम हस्तान्तरण गरेका हुन्र । चलचित्रकर्मी कल्याण कोषको स्थापना काल देखि नै बिशिष्ट अभिनेत्री बशुन्धरा भुषाल संयोजक रहेकी छन् भने हाल कोषको सदस्य सचिब महेन्द्र साखी छन् । कोषमा चलचित्रका पेशागत संघ संस्थाहरू सदस्य रहने व्यबस्था रहेको छ । कोषले स्थापना काल देखि नै गम्भीर प्रकृतीको रोग लागेका चलचित्रकर्मीहरूलाई कदर सम्मान स्वरूप सहयोग रकम उपलव्ध गराउदै आएकोछ । अभिनेता मुकुन्द थापालाइ नेपाल चलचित्र कलाकार संघको सिफारिसमा कोषले सहयोग उपलव्ध गराउने निर्णय गरेको हो ।

रकम हस्तान्तरण मुकुन्द थापाको निवाश पनौतीमा गरिएको थियो । उक्त समयमा संघका केन्द्रीय अध्यक्ष रविन्द्र खडका,द्वन्दकलाकार संघका अध्यक्ष नारायण प्रधान,प्रबिधिक संघका अध्यक्ष पुष्कर लामा,उपाध्यक्ष तथा प्रबक्ता मोहन निरौला , बरिष्ठ अभिनेता धिरेन शाक्य, नेपाल चलचित्र संघका उपमहासचिव गोपाल काजी कायस्थ, निर्माता निर्देशक राज मानन्धर ,समिर लामा, नविन लामा लगायतका उपस्थिति रहेको थियो ।

अभिनेता मुकुन्द थापाको हालै मात्र घाटीको सफल सल्यक्रिया गरिएको उनका आफन्तले जानकारी दिएका छन । केही हप्ताको आराम र उपचार पछि उनि स्वस्थ्य रहने वहाकी छोरी सपना थापाले बताइन् । ख्यातिप्रप्त अभिनेता मुकुन्द थापाको जन आकाश साप्ताहिक परिवार पनि सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend