logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

स्पेनिस ला लिगामा अन्तर्गत एथ्लेटिक विल्बाओ र बार्सिलोनाले बराबरि खेल


  • जन आकाश
  • मंगलबार, भाद्र ८ २०७८

एजेन्सीः स्पेनिस ला लिगामा अन्तर्गत एथ्लेटिक विल्बाओ र बार्सिलोनाले बराबरि खेलेको छन् । पहिलो हाफमा दुबै पक्षबाट कुनै पनि गोल नहुदा खेल बराबरिमा पहलिो हाफ सकिएको थियो । दोस्रो हाफको ५०औं मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै विल्वोओलाई अग्रता दिलाएका थिए । एक गोललेपछि परेको अवस्थामा बार्सिलोनाका मेम्फिस डिपेले गोल गरेपछि बार्सिलोना हारबाट जोगिएको छ ।



एथलेटिकको घरेलु मैदान सान ममेज बारिया रंगशालामा सम्पन्न खेलमा एथ्लेटिकका इनिगो मार्टिनेजले गोल गर्दै खेलमा अग्रता बनाएका थिए ।

७५औं मिनेटमा जर्सी रोबर्टोले दिएको पासको सदुपयोग गर्दै मेम्फिस डिपेले बर्सिलोनाको लागि बराबरी गोल फर्काए ।

खेलको अन्तिम समयकमा बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । इन्ज्युरी समयको तेस्रो मिनेटमा ईरिक गर्सियाले रातो कार्ड पाउदै मैदान छाडेका थिए । यो खेलसँगै रोनाल्ड कोम्यानको टिमले दुई खेलबाट चार अंक बनाएको छ । चार अंकका साथ बार्सिलोना शीर्षस्थानमा छ। उसले पहिलो खेलमा रियल सोसिडाडविरुद्ध सहज जित निकालेको थियो।

यता दुई खेलबाट दुई अंक बनाएको एथ्लेटिक नवौं स्थानमा छ ।

शनिबार राति सम्पन्न दोस्रो चरणको ला लिगा खेलहरुमा एस्पानोयल र भिल्लायिलको खेल गोलरहित बराबरीमा रोकिएको छ। त्यस्तै, रियल बेटिस र कार्डिजले १–१ गोलको बराबरी खेलेका थिए ।

१–१ गोलको बराबरी खेल्नेमा ग्रानाडा र भ्यालेन्सिया पनि रहे। यता अलावेसको मैदानमा पहुना टिम मायोर्काले भने १–० गोलको संघर्ष पूर्ण जित निकालेको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend