जन आकाश
काठमाडौंः अखिल नेपाल फुटबल संघ ९एन्फा०ले शहिद स्मारक सी डिभिजन फुटबल छनोट खेल तालिका सर्वजानिक गरेको छ । सी डिभिजन छनोट फुटबल खेल यही भाद्र १० गते देखि शुरु हुदैछ । एन्फाले आयोजना गरेको शहिद स्मारक सी डिभिजन छनोट फुटबल खेलमा कुल ७८ टिमले प्रतिस्पर्धा गर्ने भएका छन ।
एन्फाले शुक्रबार खेल तालिका सर्वजानिक गर्न अयोजना गरेको कार्यक्रममा छनोट खेल दुई महिना लामो हुने जनाएको छ । खेल तालिका अनुसार छनोट प्रतियोगिता दुई चरणमा हुने भएको छ । छनोट खेलहरु करिब दुई महिना लामो समम चल्नेछ ।
टाईसेट अनुसार छनोट प्रतियोगिता यहि भाद्र १०मा ओपनिङ्ग भएर कार्तिक ८ मा समापन हुनेछ । त्यस अवधिमा नेपालीहरुको महान मुख्य चाडपर्व दशै र तिहार पर्ने भएकोले १३ दिन छनोट खेलमा बिश्राम हुनेछ ।
प्रतियोगिता अन्तिम समयमा आएर एक टोलीले सहभागिता नजाउने भए पछि बाँकी ७८ टिमहरुले मात्र सहभागिता जनाउने छन् । दुई महिना लामो छनोट प्रतियोगितामा मोफसलका क्लबहरुलाई भने गाह्रो पर्ने अनुमान गरिएको छ । एन्फाले उपत्यका बाहिराका टोलीहरुलाई के कस्तो सुविधा उपलब्ध गराउने हो, त्यस बारेमा खुलाएको छैन् ।
छनोट प्रतियोगितामा सहभागि क्लबहरुलाई २६ समुहमा विभाजन गरिएको छ । प्रत्येक समुहमा ३ टिम राखिएको छ । प्रत्येक समुहमा रहेको शिर्ष टोलीहरुले नकअउट चरणमा प्रवेश गर्ने छन् । दोस्रो नकआउट चरणमा प्रवेश गर्ने टोलीहरुलाई पनि तीन समुहमा विभाजन गरिनेछ । दोस्रो चरणको नकअउटमा उत्कृष्ट प्रत्येक समुहको शिर्ष टोली सी डिभिजनमा बढुवा हुने छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend