logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

साफ च्याम्पियनलाई सफल बनाउन नेपाली फुटबल टिम कतार जादै


  • जन आकाश
  • शुक्रबार, भाद्र ११ २०७८

 



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले साफ च्याम्पियनसिपअघि कतारमा बन्द प्रशिक्षण गर्ने भएको छ । बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालको बन्द प्रशिक्षण कतारको दोहामा हुने जनाएको छ ।

एन्फाका अनुसार नेपाली टिम सेप्टेम्बर १० मा दोहा प्रस्थान गर्नेछ । आगामी अक्टोबरमा माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि कतारमा क्याम्प राख्न लागिएको एन्फाले जनाएको छ ।

साफ अक्टोबर १ देखि १६ सम्म हुनेछ । एन्फाका अनुसार अहिले प्रशिक्षणमा रहेका २५ खेलाडी नै कतार जानेछन् । कतारबाटै नेपाली टोली सेप्टेम्बर २७ मा माल्दिभ्स जानेछ ।

नेपाली टिम हाल पोखरामा बन्द प्रशिक्षणमा छ । साफको तयारीकै क्रममा नेपालले भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाल र भारतबीच सेप्टेम्बर २ र ५ मा खेल हुने पनि एन्फाको सेडुलमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend