logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नयाँ टाटा सफारी नेपाल भित्रियो


  • जन आकाश
  • आइतबार, भाद्र १३ २०७८

 



काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटाको अर्को नयाँ गाडी भित्रयाएको छ ।
कम्पनीले प्रिमियम एसयूभी नयाँ टाटा सफारी सार्वजनिक गरेको हो । यस नयाँ टाटा सफारीको सुरुवाती मूल्य ८१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

अहिले ल्याइएको नयाँ गाडीमा सात सिट क्षमताले ग्राहकलाई आकर्षित गर्ने कम्पनीको भनाइ छ । टाटा सफारीमा २.० लिटरको इन्जिन जडान रहेको सिप्रदीले जनाएको छ ।

साथै चौडा ह्विल बेस, म्याजिस्टिक प्यानोरोमिक सन् रुफ, यासवुड फिनिस्ड् ड्यासबोर्ड र ८.८ इन्चको फ्लोटिङ आइज्ल्यान्ड इन्फोटेन्मेन्ट सिस्टम यसको विशेषता रहेको कम्पनीले जानकारी दिएको छ ।

नेपालको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी टे«डिङले टाटाका आर्कषणयुक्त गडीहरु नेपालमा ल्याएर ग्रहकको मन जित्दै ब्यवसायलाई पनि प्रगाढ बनाउदै आएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend