logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नाडाका अध्यक्ष तथा सिएनआईका अध्यक्ष विच भेटघाट


  • जन आकाश
  • आइतबार, भाद्र १३ २०७८

मोहन कार्की ।



काठमाडौ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ७ सदसिय नाडा प्रतिनिधि मण्डलले नेपाल उद्योग परिसंघका नव निर्वाचित अध्यक्ष विष्णुकुमार अग्रवाललाई आफनो कार्यकालको सफलताको शुभकामना दिदै द्धिपक्षिय सम्बन्ध विस्तारका सम्बन्धमा विस्तृत छलफल गरेको गरेकोे नाडाले जनाएको छ ।

उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले दुई संस्थाहरु विचको पारस्परिक सम्बन्धलाई थप सुदृढ बनाउने, नेपालको नीजिक्षेत्रको सवालमा एक्यबद्धता भएर अघि बढने र अन्य संभाव्यक्षेत्रहरुमा समेत सहकार्य गरेर अघि बढनु पर्ने बताउनु भयो । सो छलपलमा अध्यक्ष दुलालले नाडाले ७ वटै प्रदेशमा प्रदेशस्तरिय एशोसिएसनहरु स्थापना भईसकेको र नेपालमा अटोमोवाइल उद्योगहरु समेत खोल्न शुरुवात समेत भइसकेको बताउनु भयो ।

त्यसैगरी सो भेटघाटमा उपाध्यक्ष करण चौधरीले नाडामा धेरै रुपान्तरण भईसकेको र त्यही अनुसार सदस्य संख्यामा पनि उल्लेख्य रुपमा बृद्धि भएको भन्दै नीजिक्षेत्रको सवालमा नेपाल उद्योग परिसंघसंग सहकार्य गरेर अघि बढन चाहेको बताउनु भयो । सो भेटघाट तथा छलफलमा महासचिव सुनिल रिजालले नीजिक्षेत्रका साझा सवालहरुमा सहकार्य गरेर अघि बढने बताउनु भयो । सो छलफलमा केन्द्रीय कार्य समिति सदस्य तथा मोटरसाइकल समितिका सभापति अभिक ज्योतिले दुई संस्थाविच पारस्परिक सहयोगको वातावरण बनाउनु पर्ने धारणा राख्नु भयो । त्यसैगरी सो छलफलमा केन्द्रीय कार्य समिति सदस्य तथा विद्युतिय सवारी साधन समितिका सभापति धु्रव थापाले परिसंघसंग हातेमालो गरेर अघि बढनु पर्ने धारणा राख्दै विद्युतिय सवारी साधनको व्यवसायमा देखा परेका विविध समस्याहरु बारे पनि विचार विमर्श गर्नु भयो ।

सो छलफलमा परिसंघका अध्यक्ष विष्णृुकुमार अग्रवालले ७ सदसिय नाडा प्रतिनिधिमण्डललाई आफनो कार्यकक्षमा स्वागत गर्दे नाडासंग पहिलो भेटघाट भएको बताउनु भयो । सो भेटघाटमा उहाँले पेट्रोलियम पदार्थको प्रयोग पनि अधिकाश रुपमा अटोमोवाइलमा नै प्रयोग हुने सन्दर्भमा नेपालमा अटोमोवाइल व्यवसायले ठूलो क्षेत्र ओगटेको छ भन्नु भयो । उहाँले नेपाल उद्योग परिसंघले नेपालमा उद्योग व्यवसायको विस्तारको लागि पहल गरिरहेको र यसबाट पुंजी निर्माणमा ठूलो सहयोग पुग्ने बताउनु हुदै उद्योग स्थापनाका लागि सरकारकातर्फबाट गरिनु पर्ने सहयोगका सम्बन्धमा समेत चर्चा गनु भयो । सो छलफलमा परिसंघका उपाध्यक्ष हेमराज ढकालले स्वदेशी उद्योगहरुको विस्तारका लागि कसरी अघि बढने भन्ने विषयमा पहल भईरहेको बताउनु भयो । सो छलफलमा नाडाका सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ल तथा सुभआशिस थपलिया समेतको उपस्थिति रहेकोे थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend