जन आकाश
काठमाडौ । नेपाली चेली हरुको महान चाड हरितालिका (तीज) को अवसर पारेर शसि अधिकारी (अस्ताम) को शब्द रहेको लक्ष्मी नाथ तिमिल्सिनाले निर्माण गर्नु भएको अत्यन्तै मार्मिक तीजको गीत अब अति भो b4 media यु ट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।
आफ्ना बाबु आमा को अनुहार समेत याद नरहेको बताउने टुहुरा बिर्ख विश्वकर्मा को सुमधुर आवाज ले सजिएको यो गीतमा महिला तर्फ चर्चित दोहरी गायिका सुनिता बुढा र कल्पना सुनुवारले गाएका छन्। मञ्जरी बोलको गीत बाट ख्याति कमाउन सफल बिर्ख विश्वकर्मा ले अहिले सम्म सयौ गीत मा आवाज दिई सक्नुभएको छ भने यो गीतमा उहाँले संगीत पनि दिनु भएको हो।
तीजको अवसरमा विभिन्न विवादास्पद गीत हरु समेत सार्वजनिक भइरहेको अवस्थामा निर्माण भएको यो गीतमा कुलतमा फसेका श्रीमानको कारण भोग्नु परेका पीडालाई उजागर गर्ने प्रयास गरिएको छ । दोहोरी गायन मा आफ्नो अभूतपूर्व प्रतिभा देखाएर चर्चित हुन सफल आयुषा गौतमको समेत अभिनय रहेको यस भिडियो मा किशोर भण्डारी (डि ठ्ठा साब) लक्ष्मी नाथ तिमिल्सिना, राधा श्रेष्ठ, रचना पौडेल, अनु पराजुली, विकास भण्डारी, रोहित ओली, कृष भण्डारी, हिरोज सोनी, सुनिल राज तिमिल्सिना, मनोज नेपाल र माधव प्रसाद भण्डारी ले अभिनय गर्नु भएको छ। दुर्लभ श्रेष्ठ को छायांकन गायत्री पाण्डे (गायु) को श्रृंगार रहेको यो गीतको निर्देशन तथा सम्पादन अर्जुन थापाले गर्नुभएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend