जन आकाश
मोहन कार्की ।
काठमाडौं । नेपालमा कोरोनाको हल्ला पछि नेपालमा मज्जाले अन्तराष्ट्रियस्तरको फुटवल मज्जा लिन नपाएका फुटवलप्रेमीहरुलाई आज भइरहेको नेपाल–भारत मैत्रीपुर्ण खेलले खुशी फर्काइदिएको छ । देशका कुनैपनि क्षेत्र चलायनमान नहुदा कतिपय मानिसहरु घरभित्र बस्दाबस्दै मानसिक समस्या परिसकेका छन् । यस्ता अतिरिक्त मनोरञ्जनले मानिसहरुलाई उत्साह भर्न सक्छ । भने आफ्नो देशको पक्षमा राष्ट्रिय भावनाको उजागार हुदा थप उत्साहित र देशप्रति माया बढ्न जान्छ । हो आज रंगशालामा त्यस्तै भएको छ । त्यहा देखिएका स्वतन्त्र नागरिकहरु जो खेलकुदमा बिश्वास गर्छन । त्यसको अलवा पनि रहेका हरेक नागरिकहरु नेपालको पक्षमा भावना उजागर गर्छन । रंगाशालामा त्यस्तै देखिएको छ ।

नेपालले खेलको शुरुवातीमा अग्रता लिएको भएपनि भारतले गोल बराबरीमा ल्याएपछि अहिलेसम्म खेल बराबरीमा भइरहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend