logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

खेलमेलमा ल्याएको धर्म निरपेक्ष १४ औ महाधिवेनले अन्त्य गर्छ – प्रदेश संसद बैद्य


  • जन आकाश
  • आइतबार, भाद्र २० २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिदै गइराखेको छ । कतिपय नगर समितिहरु सर्वसहमत भइसकेका छन् । कतिपयमा निर्वाचन भइसकेको छ भने धेरैजति नगर, जिल्ला, प्रदेश समितिहरुको निर्वाचनको चरम तयारीमा काँग्रेस पार्टी लागेको देखिन्छ । गाउँ, नगर, महानगर, जिल्ला, प्रदेशका अधिवेशन सकिएपछि त्याहावाट चुनिएर आएका महासमिति सदस्यहरुले केन्द्रीय सभापति, उप सभापति, लगायत केन्द्रीय सदस्यहरु चुन्ने ब्यवस्था रहेको छ ।



यसै सेरोफेरोमा रहेर काठमाडौका प्रदेश संसद नरोत्तम बैधसँग जन आकाशले अन्र्तरसम्वाद गरेको छ ।

काँग्रेसको महाधिवेशनको संघारमा आइपुगेको छ । यसलाई तपाईले कसरी हेर्नुभएको छ ?

प्रजातन्त्रिक पार्टीको बफादार कार्यकर्ताको हैशियतले मुल पक्षको रुपमा सकरात्मक लिएको छु । हरेक पार्टीको महाधिवेशनहरु पार्टीलाई जिवन्त राख्न प्रजातान्त्रिक अभ्यासको रुपमा महाधिवेशन हुने गर्दछ । नपाली काँग्रेसको पनि त्यही नै हो ।

नेपाली काँग्रेसका केही नेताहरुले सभापति पदमा उम्मेद्धारी बन्छु भनेर छुट्टाछुट्टै कार्यालय खोलेर प्रचार गरेको देखिन्छ । काँग्रेसभित्र आन्तरिक लोकतन्त्र नभएको नै हो ?

पत्रकार मित्रले पनि राजनीतिक कुरा अलि बुझ्नु भएन जस्तो छ । प्रजातान्त्रिक जीवन्त पार्टीमा सभापति बन्न इच्छा कतिपयलाई लागेको होला ! चारजना सभापति उम्मेद्धार बन्न कार्यलय खोलेर वाद विवाद गर्नु हुदैन ?के गोप्य गोप्य गर्ने हो र ! छलफल नै गर्नुहुदैन ? जीवन्त पार्टी भएको हुनाले त्यो हुन्छ । छलफल भयो होला, बहस भयो होला, चलखेल, हलचल भयो होला जीवन्त रहेको पार्टीमा माहाधिवेशनको बेला हलचल नै भएन भने के को महाधिवेशन । नेपालको प्रतातान्त्रिक ईतिहाँस बोकेको पार्टीमा यो स्वभाविक रुममा लिनु पर्छ ।

नेपालमा प्रजातन्त्र स्थापना भएको ७२ बर्ष भएछ । यो लामो अन्तरालमा नेपाली काँग्रेसको नेतृत्वमा मात्रै झण्डै २८ देखि ३० बार्ष साशन गर्ने अवसर मिलेको रहेछ त्यसको अलवा मिलीजुली सरकार चलाएको पनि देखिन्छ यो समयमा नेपाली जनताले के के पाए र देशले के फाइदा लियो जस्तो लाग्छ तपाइको बुझाइमा ?

म यतिधेरै लामो गहिराईमा जान चाहँदिन । नेपाली काँगे्रसले एकल सरकार चलाउन पाएको वातवरण हामीमा कहिल्यै पनि होइन । हामीले नेतृत्व ग¥ियौ होला तर मिलीजुली सरकार हो । नेपालको र्दुभाग्यको कुरा चै त्यो हो राणा साशन देखि प्रजातन्त्र आएपछि पनि स्मोथली देश जानै सकेन । तर नेगेटिभ मात्रै गर्ने कुरा अर्को पाटको कुरा भो । सकरात्मक पक्षमा कुरा गर्ने हो भने मुलुकले प्रजातान्त्रिक पार्टी मार्फत प्रजातन्त्रको लागि एकपछि अर्को गर्दै छलाङ र्मादै गएको छ । सवैपक्षको अनुकुल बनेको छैन होला । तर अरु मुलुकको तुलनामा बिस्तारै हामी छलाङ मादै गइराखेका छौ ।

देशले छलाङ मारेको कुरा र सकरात्मक कुरा तपाइले गर्नुभयो तर अहिले नेपालका युृवाहरु ५० लाँखभन्दा बढी बिदेशमा काम गर्न गइरहेका छन ? यसलाई कसरी बुझ्ने ?

नेपालमा मुख्य रुपमा रहेको १ न. बिश्वको अग्लो सगरमाथा हिमाल, २ न. पशुपतिनाथका एतिहाँसिक महत्व, ३ न. मा गौतम बुद्धको जन्मभुमि नेपालमा छन् । चौथो रुपमा नेपालका जनशक्ति संसारभरी छरिएर मुलुक चलाइराखेको जस्तो देखिन्छ । इजराल पनि उसको जनशक्ति संसारभरी छरिएर कमाइ देश चलाइराखेका छन् । तर उनिहरु चै उच्च तहका जस्तै डाक्टर, इन्जिनियर, त्यसलाई यसरी भनौन इन्टिलेक्च्योल छन् । भने हाम्रो चै साना साना साधारण काममा गएर कमाई गरी ल्याएर देश चलाई राखेका छन् । त्यसैले समस्याहरु निम्तियका छन् । समग्रमा जसरी पनि मुलुक चलाउनै प¥यो घरखर्च धान्नै प¥यो भावनामा बहकिएर पनि भएन नि ! रामेछापमा पहरा मात्रै फोरेर युवा बस्दैन नि ! कि नेपाल सरकारले उसलाई रोजगार लगाइदिन सक्नुप¥यो । जाहा रोजगारी छैन अन्त रोजगारी खोज्न जानु त स्वभाविक हो नि ।

मेरो भनाइको अर्थे नेपालमा पनि सम्भावना नभएका होइनन् । बिश्को अग्लो सगरमाथा, एतिहाँसिक हिन्दुहरुको आस्थाको केन्द्र पशुपतिनाथ, गौतमबुद्ध जन्मेको लुम्विनी यी तीनवटा क्षेत्रलाई प¥र्यटनको बिकास गरेर राम्रो व्यवस्थापन गर्न सक्यौ भने यो तीनवटा कुराले नोपललाई पुग्छ । हिमाललाई अन्तराष्ट्रिय प¥र्यटनको रुपमा लान सक्यो, पशुपतिनाथलाई अन्र्तराष्ट्रिय तिर्थस्थलको रुपमा लान सक्यो, नेपालमा जन्मेका गौतम बुद्ध, बुद्ध धर्मलाई जापान, मगोलिया लगायत कतिदेशमा राष्ट्रिय धर्म मान्छन् । यस्ता महत्पुर्ण अवसर भएका चीजलाई हामीले ब्यवस्थापन गर्न सकिराखेका छैनौ यो गर्नुपर्छ ।

म तपाइले भनेकै माथिको प्रश्नमा फर्के सकिन्छ भने हामीले आफ्नै देशमा रोजगार सृर्जना गर्ने हो । कुनै नेपाली बिदेश नजाओस भन्ने हो । याही रोजगारी दिन सक्ने राम्रो कुरा हो । त्यो भावनात्मक कुरा मात्र हो यतिवेलाको लागि ।

नेपाली काँग्रेसको महाधिवेशनमा हिन्दु राष्ट्र र राजतन्त्रको वारेमा उठेका कुराहरु वाहिर आइरहेका छन् ? यसको बिषयमा तपाईको धारणा के छ ?

माओवादी जनयुद्धमा थियो त्यो वेला माओवादीसँग १२ बुदेमध्य एउटा बुदामा भएको सहमति गर्दा हामी संसदवादी दलहरु एक स्टेप माथि उक्लने त्यो भनेको गणतन्त्रमा जाने र माओवादीहरु पनि एक स्टेप झरेर संसदीय व्यवस्थामा विश्वास गर्ने सहमति भएको थियो । त्यसलाई जेन्टलमेन्ट एग्रीमेन्ट भनिन्छ ।

त्यो एग्रीमेन्ट अनुसार हामी गणतन्त्रमा गएकै हौ । उनिहरुले पनि संसदीय व्यवस्थामा बिश्वास गरेकै हो । गणतन्त्रमा म प्रजातन्त्रमा संवैधानिक राजतन्त्र मान्दै आएको कार्यकर्ता हाम्रो व्यावस्था नै गणतन्त्रमा गएपछि मैले अरु भनिरहनु परेन । तर धर्म निरपेक्षको सम्बन्धमा त्यतिवेला गिरिजा प्रसाद कोइराला बिरामी भएर सदनमा सुवासचन्द्र निम्वाङलाई वाचन गर्न लगाउदा गणतन्त्र थियो, संघियता थियो । धर्म निरपेक्षता त्यसमा थिएन । सुवास नेम्वाङले धर्म निरपेक्षता छिरायो भनेर स्वर्गीय पुर्व सभापति तथा प्रधानमन्त्री सुशिल कोइरालाले रोष्टममा उभिएर भन्नु भयको छ । डाफ्ट हामीले गरेको, हामीले हेरेको हामीले बिरामी भएर बाचन गर्न नसक्ने भएपछि बाचन गर्न सुवास निम्वाङलाई दिएको सुवास निम्वाङले वाचन गर्ने क्रममा धोका दियो भनेर भन्नु भएको छ ।

त्यसैले हामीले धर्म निरपेक्षताको बिषयमा तत्कालीन त्यो टाइममा नेपाली काँग्रेसका कसैलाई पनि मन परिराखेको थिएन । त्यो खेलमेलमा पारित भयो । नेपाली काँग्रेसले बल्लबल्ल जनयुद्धवाट माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर देशलाई निकास दिएको छ । त्यो टाइममा मौनम् समर्थन गरेको हो । तर संविधान भनेको शास्त्र होइन कमा,फुलिस्टक पनि परिवर्तन नहुने । अस्थि हामीले चुच्चे नक्सा बनाउदा खेरी दुईतिहाइले सर्वसहमतले संविधान संशोधन ग¥यौ । त्यस्तै यो हिन्दु राष्ट्रको लागि संसदवाट दुइतिहाई सर्वसहमतले संविधान संशोधन गर्ने की ? आवश्यक प¥यो भने जनमत सग्रहका जाने की ?
१४ औ महाधिवेशनमा जानुभन्दा अगाडि नै माहासमितिको बैठकमा ७०० लगभग महासमिति सदस्यहरुले एकमतले हिन्दुराष्ट्र चाहिन्छ भनेर सिग्चेर गरेर क्यापेनिङ भइसकेको छ ।

यो मुद्दा जोड सँगले उठ्छ । संविधान संशोधन गरेर भए पनि हिन्दु राष्ट्रमा जानुपर्छ होइन भन्छ भने पनि दुईतिहाई पु¥याएर भएपनि हिन्दुराष्ट्रमा जानुपर्छ । आवश्यक प¥यो भने जनमत सग्रह नै गरेर भएपनि टुङग्याउनु पर्छ । तर यो ९० प्रतिशत हिन्दु भएको मुलुकमा अल्पमतले बहुमतलाई साशन गर्ने होइन । यसको मतलव यो होइन फेरी हामीले अल्पमतको धर्मको अस्तित्व नस्वीकार्ने , हामी धार्मिक स्वातन्त्रतामा बिस्वास गर्छौै । हामी धार्मिक स्वतन्त्रसहितको हिन्दु राष्ट्रको कुरा र्गछौ । हामी धार्मिक अतिवाद ल्याउने कुराको बिरोध र्गछौ ।

 

माथि महाधिवेशनको कुरा ग¥यौ, संविधानमा हिन्दु राष्ट्रको पनि कुरा ग¥यौ देश, बिदेशका–रोजगरका कुरा ग¥यौ । पुनः महाधिवेशनसँग जोडिएको बिषयमा तपाईको तयारी के छ खुलाई दिनुुस् न ?

नेपाली काँग्रेस पार्टी १४ औ महाधिवेशनमा मेरो ब्याक्तिगत धारणा बनाएर हुदैन । पार्टीले टिममा जुन भुमिका दिन्छ । त्यो म पुरा गर्ने तयारीमा छु । पार्टी सभापतिलाई सधाउन पार्टी सभापतिकै टिममा रहेर सघाउने एउटा कुरा भो । त्यसरी नै पार्टी, पार्टीको सभापतिले मलाई कुन जिम्मेवारी दिनुहुन्छ । म केन्द्रीय सदस्यमा उम्मेद्धारी दिने सोचमा छु । त्यो पार्टीले मलाई कसरी मुल्याङकन गरिरहेको छ । त्यसमा भर पर्छ । ब्याक्ति मुख्य कुरा होइन । पार्टी मुख्य कुरा हो । तर मेरो आफ्नो भनाइमा कोरोना महामारी भईराखेको वेलामा महाधिवेशन केही समय पछडि सारौ । सवै नपाली कोरोना मुक्त भइसकेपछि र सवैले कोभिड बिरुद्धको भ्याक्सिन लगाइसकेपछि मज्जाले खुलेर महाधिवेशन गरौ । भनेर पार्टीलाई आग्रह गरेको थिए ।

त्यो कुरा पार्टीले नसुनेको हुनाले म अदालतमा गइराखेको छु । भारतको मज्जीदमा गएकाहरुले कोरोना सारे, कुम्भमेलावाट पनि कोरोना स¥यो, फेरी काँगे्रस पार्टीले कोरोना सार्ने काम नगरौ भनेर मैले अधिवेशन सार्नलाई अदालतमा रिट हाल्न लागेको हो ।

 

अन्तमा के भन्न चाहानुहुन्छ । ?

मेरा आम पार्टीका नेता कार्यकर्ताहरुलाई अधिवेशन म¥यादित भएर कोरोनाको महामारीवाट जोगिदै सभ्य र भव्य बनाउ, साथै आम काठमाडौका मेरा क्षेत्रका जनताहरुलाई कुनै समस्या परेमा मलाई तुरुन्तै फोन गर्नुहुन पनि अनुरोध गर्दछु । मेरा भनाइहरु राख्न दिएर सहयोग गरेकोमा जन अकाश मिडियालाई पनि धन्यवाद ब्याक्त गर्दछु ।

यो पनिः

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend