जन आकाश
हिरादेवी राइ
वल्ड कराते फेडरेशन रेफ्री
माता पार्वतीको जन्म उत्सबामा भगवान शिवले पर्वतीको जन्म उत्सब मानई दिएको दिनलाई तीजको रुपमा मान्दछौं । यस दिन हिन्दु धर्म मान्नु हुने दिदीबहिनीले वर्त बसेर नाचगान गरेर यो चार्ड मान्दछन् ।
विविध भाषा धर्म भएको हाम्रो देशमा हरके प्रकारको चार्ड पर्वहरु मनाउने गरिन्छ । मेरो विचारमा तीज हामी नारीहरुको एक विषेश दिन हो । जुन दिन विबाहि माहिला दिदीबहिनीले आफ्नो पतिको आयु लामो होस भनि कामना गर्दै वर्त बस्छन भने अविबाहितले हुने वाल पति असल होस भनेर वर्त बस्ने गर्छन ।
तीज एउटा यस्तो चार्ड हो,जनु वर्ष दिनमा एक दिन मनाईन्छ । विबाह गरेर टाढा गएको चेलीलाई माईतिले लिन आउछन् । चेली पनि माईतिको साथमा माईति आउछिन् । तीज एक प्रकारको मेल मिलाप पर्व हो । यस दिन चेली र माईति मात्र नभएर साथिसंगि माझ भेटघाट गर्ने रमाईलो गर्ने पनि गरिन्छ ।
व्यक्तिगत रुपमा म एक किराँत समुदयको राईकी छोरी हुँ । तर पनि मलाई तीज असध्यै राम्रो लाग्छ । भगवान शिव र पर्वती हाम्रो पारुहाङ्ग र सुम्निमा नै हुनुहुन्छ । भगवान एउटै हुन तर पुज्ने तरिक मात्र फरक रहेको हो ।
त्यसैले नेपालमा बहु भाषा बहु धर्मबिच एकता रहेको छ । हिमाल पहाड तराईमा विभाजन भए पनि हामी सबै एक हौ ।
यसरी नै हाम्रो रितीरिवाज भाष धर्म जोगाएर रख्नु नितान्त आश्यकता ठान्छु । जसले जातको आधारमा नेपालमा मनाईने संकृति र पर्वलाई विरोध गर्छन । अनि अग्रेजी नयाँ वर्षमा धुमधामसँग ठमेलमा गएर नाच्छन त्यो हाम्रो पर्व होइन । बरु तीजको दिन पशुपतिमा गएर नाच्नु त्यो भन्दा हजार गुण वेटर ठान्छु ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend