logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

जुनि राई उसु खेलाडी १३औं दक्षिण एसियाली खेलकद साफका स्वर्ण पदक विजेताको नजरमा तीज


  • जन आकाश
  • बिहिबार, भाद्र २४ २०७८

 



तीज हामी नारीहरुको लागि एक विषेश चार्र्ड हो । तीजमा अन्य महिला दिदी बहिनीहरु जस्तै हामी खेलाडीहरु पनि तीजमा वर्त बस्छौ । त्यो दिन खेलको तालिम छुट्टी हुन्छ । महिला खेलाडीहरुलाई अफिसले पनि दर खाने कार्यक्रम राखेको हुन्छ ।

तर खान पानमा विषेश ध्यान दिन्छु । मेरो खेल तौल समुहमा खेलिने भएको हुदा तौल बढाउने खालको खाना त्यति धेरै खादिन । म उसु खेलाडी मात्र नभएर एक राष्ट्र सेवक नेपाल प्रहरी पनि हुँ ।

तीजको दिन विभिन्न मन्दिरमा मेला लाग्ने भएको हुदा कहिले काहि विभागले खेलाडीलाई पनि डिउटीमा पठाउने हुदा तीजको दिन डिउटी पनि पर्न सक्छ । आफुलाई खटाएको ठाउँमा डिउटी सफल्ता साथ पुरा गर्दै सबैको सुरक्षा दिदै तीज मनाउन पाउदा खुशि लाग्छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend