जन आकाश
Post Photo:Prakash Chandra Timilsena/Kantipur
मोहन कार्की
काठमाडौ । २०७८ साल भाद्र २५ गते शुक्रबार नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा नाडा प्रतिनिधि मण्डलले ट्राफिक जनचेतना सम्बन्धी कार्यक्रम गर्ने उदेश्य अनुरुप काठमाडौको त्रिपुरेश्वरस्थित चोकमा कार्यक्रम गरी सञ्चारकर्मीहरुको उपस्थितिमा महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरिक्षक संञ्जिव शर्मालाई १.NoHorn Stiker १०,००० थान,, २. कोभिड १९ विरुद्धको मास्क ५,००० थान, ३.तपाइको मास्क खोइ ? चेतनामूलक व्यानर २०० थान र ४. ट्राफिक नियमको पालना गरौ ,चेतनामूलक व्यानर २०० थान सामग्रीहरु नाडाका अध्यक्षले हस्तान्तरण गर्नुभएको हो ।

सोही कार्यक्रममा जनचेतना मूलक स्टिकर तथा पर्चाहरु सवारी साधन चालकहरुलाई वितरण समेत गरिएको थियो । नाडाले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरु विगतमा पनि गर्दे आएको छ ।
त्यस कार्यक्रममा नाडाका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती, सह कोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्यद्धय राजनबाबु श्रेष्ठ, दिपक अग्रवाल, सुरज भट्टराई, निलमणी पाठक, पंकज अग्रवाल, प्रकाश कपुरी र कपिल सिवाकोटी समेतको उपस्थित रहेको थियो । कार्यक्रममा महानगरिय ट्राफिक प्रहरी महाशाखाका बरिष्ठ अधिकाकारीहरु समेतको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन महासचिव सुनिल रिजाल र सचिव अनुप बरालले गर्नु भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend