जन आकाश
नेतालाई पखाला लागेकाे छ
देश र जनताकाे लागि
जीन्दगी समपर्ण गरेकाे भन्दै
हरेक भाषणमा गुरुमन्त्र सुनाउदै
अनि
पर्दाभित्र चाँहि
अनैतिक काम गर्नेहरु
कानुन र मानवता कुल्चनेहरु
आफ्नाे दरिद्र स्वार्थमा लिप्त बनेर
आमाकै अस्मिता बेचेर
भुँइमान्छेहरुले बगाएको पसिनामा
ऐस,आराम गर्नेहरु
घुम्ने मेचमा घुमिरहदा
पेटमा कब्जियत भएर
राते,काले र खैरे दलहरुका
महान खलनायक नेताहरूलाई
जनताकाे माया बढी भएर
असारे विकास जस्तै
जीवनजल समेत नपाएर
टुक्रे नेताहरूलाई
बारम्बार न्यायकाे पखाला लागेकाे छ।
सुरुवालकाे इन्जार खुस्किएर
सानाे बच्चा चिच्याएर कराएकाे जस्तै गरि
कहिले भाषणमा रुन्छन
कहिले भाषणमा हाँस्छन
सर्वस्व गुमाएको सुर नभएको मान्छे जस्तै
अचेल सस्तो प्रचारकाे कमि छैन
हेर्ने दर्शककाे पनि संख्या कम छैन
सामाजिक सञ्जाल असामाजिक बनाउदै
अन्धाभक्त कार्यकर्ताहरुकाे भेल उर्लेकाे छ
असभ्य,घृणित र अश्लील शब्दकाे जुहारी
खुब चलेकाे छ
थाहा छैन समाज कुन बाटोमा पुगेर टुगिने हाे ।
राेगले जनता मरिरहदा
भाेकले जनता तड्पिरहदा
स्यालदरबार बहिराे र अन्धाे बनेर
अनि
देशका शासक,प्रशासकहरु
कुना,कन्दराका दबिएका आवाजहरु
भाेगिएका पिडाहरु
केहि देख्दैनन्
केहि सुन्दैनन
आफ्नै स्वार्थको झाेलि भर्न तल्लीन छन्,
नाग बनेर आएका जनप्रतिनिधिहरु
ठाउँ पाएपछि अचेल
गाेमन बनेर डस्सिरहन्छन
कुखुराले सुन पचाए झै
जनताले तिरकाे कर गल्त ठाउमा पचाउन खाेज्दा
भविष्यको पाचनक्रिया बिग्रेर
नेतालाई भ्रष्टाचारको पखाला लागेकाे छ ।
चुनावकै बेलामा हाे
नेताले मान्छे र गाउँघर चिन्ने
भ्रममा सपनाका विस्कुन सुकाउने
झुटकाे मलिलो खेती गर्ने
जनतालाई फुर्काएर नाटक देखाउने
यथार्थमा चाहि
कर,डर र ऋणको भारी बाेकाउने
फुललाई च्यातेर मन्दिरमा चढाए जस्तै
भाइचारकाे सम्बन्ध फुटाउने
अझ सत्ताकाे मात लागे पछि त
दिसापिसाब भन्दा बढी डुङडुङ्गी गनाउने
सुर्यकाे ताताेपनलाई पनि
ज्वराेले तातेकाे भनेर
भ्रष्टाचारकाे सिटामाेल खाइरहन्छाै
त्यसैकाे असरले हाेला
नेतालाई सुसाशनकाे पखाला लागेकाे छ ।
देशकाे सिमाना खुम्चिदा
देशकाे नागरिक मारिदा
प्रभुहरुकाे शरणमा परिरहने
न्यायकाे आवाज उठाउनु हुँदैन रे
सत्ताकाे संसारमा भुईचालाे जान्छरे
अझै सत्ताकाे अमृत पिइरहनु पर्छ
फेरि
विराेधकाे कमाण्डलु बाेकेर
सडक र सदन उफ्रिदा
जनताकाे सहानुभूति पाइने अाश हाेला
कति असमान सन्धि गर्नु हाेला
धेरै राष्ट्रघाती संझैाता गर्न
आफ्नाे,समुहकाे र दलकाे स्वार्थकाे घैटाे भरिरहन
राते,काले र खैरे दल मिलेर
देशकाे सम्पत्तिको दाेहन गरिरहन्छाै
भाेलि सास फेर्न विर्सदाखेरि
जलाउने आगाे नहाेला
कुहाउने माटाे नपाईला
मलामिहरु नभेटिएलान
त्यहि कुकर्मले गर्दा
पेटमा अपच बनेर
नेतालाई पश्चातापकाे पखाला लागेकाे छ
लाैन नेपालमा न्याय गरिदेउ ।।
प्रेमा संगम
कालिन्चाेक -६ दाेलखा
हाल काठमाडौ
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend