logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

अल्का अस्पतालमा हिमीआर्थोप्लाष्टिको सफल शल्यक्रिया


  • जन आकाश
  • मंगलबार, भाद्र २९ २०७८

 



ललितपुर । ललितपुर जावलाखेलस्थित अल्का अस्पतालमा ९७ वर्षको एक वृद्धामा हिमीआर्थोप्लाष्टिको शल्यक्रिया सफल रुपमा भएको छ ।
ललितपुर खोकनाकी ९७ वर्षकी गणेशमाया शाहीको हिमीआर्थोप्लाष्टि अर्थात हिपको आधा जोर्नी फेर्ने शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार चिकित्सक शिवचन्द्र अमात्यको टोलीले शाहीलाई हाइ केयरमा राखेर हिमीआर्थोप्लाष्टिको शल्यक्रिया गरेको थियो।

९७ वर्षको वृद्धालाई मुटु रोगले ग्रस्त हुनुहुन्थ्यो, हामीले उच्च सावधानी अपनाएर उहाँको शल्यक्रिया सफल रुपमा गरेका छौं, चिकित्सक अमात्यले भने, यो दुलर्भ नै हो।

उनका अनुसार चिकित्सकहरुले वृद्धा र मुटु रोगीहरुलाई यस्तो शल्यक्रिया गर्न सुझाव नै दिदैनन।

शाहीको परिवारले पनि हिप फेर्न हामीलाई अनुरोध गर्नुभयो, हामीले शल्यक्रियाका जोखिमहरुबारे उहाँहरुलाई जानकारी दिएका थियौं, चिकित्सक अमात्यले भने, उहाँहरुले शल्यक्रियाका लागि अनुमति दिएपछि हामीले हिप फेर्ने काम सफल रुपमा गर्यौं।

उनको मुटु सुन्निएको थियो, धड्कन पनि कम थियो, हामीले चाँडोभन्दा चाँडो हिप फेर्नुपर्ने बाध्यता थियो, अमात्यले भने हामीले ५४ मिनेटमा नै सो शत्यक्रिया गर्न सफल भयौं।

मैले धेरै अस्पताल धाएँ तर अल्का आएर मेरो अप्रेसन सफल भयो, शाहीले भनिन।

केही वर्ष अघि शाही लडेर हिपको जोर्नी भाँचिएको थियो। हिपको जोर्नी फेरेपछि शाही अस्पतालबाट डिचार्ज भइसकेकी छिन।

अल्का अस्पतालले बिभिन्न रोगहरुको बिशेषज्ञहरुवाट उपचार गराउदै निरन्तर नेपालमा योगदान पु¥याउदै आएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend