जन आकाश
बाबाको सम्झना सुसेली
यो कुसे औसी
मुख हेर्नु बाबाको
मोती जयन्ती ।
बाबा माथि छन्
दाजु पिता समान
मेरो नमन ।
माथि गजुर
सुरक्षाको कवच
बाबा हजुर ।
पाखा पहरा
रक्षा गर्ने सन्तति
एकै सहारा ।
मन्द बतास
माता हाम्री धरती
बाबा आकाश ।
बाबा छाता हौ
हातमुख जोडने
अन्न दाना हौ ।
छाँगो छहरा
साना नानी बाबुका
बाबा पहरा ।
छिनछिनमा
सुरक्षार्थ खटिन्छौ
हर दिनमा ।
अन्न भकारी
जोड्छौ मिहिनेतले
खान्छौं डकारी ।
यो संसारमै
बाबा जस्तो सहारा
अरू छैन क्वै ।
रक्षा कवच
पिता देवतुल्य हुन्
बुझेँ अब त ।
तुच्छ गनिन्छ
बल्ल बुझेँ टुहुरो
किन भनिन्छ ।
हे जगन्नाथ
लग्यौ बाबा स्वर्गमा
भएँ अनाथ ।
दुर्गा अधिकारी भमरकोटे ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend