जन आकाश
संविधान सुसेलीहरू
तीन असोज
संविधान दिवस
हर्ष उल्लास ।
शुभकामना
मर्म संविधानको
पूरा गरन ।
नेपाली सान
हाम्रो मूल कानुन
यो संविधान ।
हाम्रो सान यो
संघर्षको उपाधि
संविधान हो ।
हल्ला व्यर्थमा
संविधान प्रयोग
निजी स्वार्थमा ।
संविधानको
अपव्याख्या नगर
हाम्रो मान हो ।
दुखी विचरा
संविधान कानुन
एक सहारा ।
सत्कर्म गर
संविधान पुर्याऊ
यो देशैभर ।
राजा रैतीमा
समानता नहुँदा
मान्छे कैदमा ।
परतन्त्रमा
स्वतन्त्रता हुदैन
कुनै मन्त्रमा ।
अब आको छ
जनताले खोजेको
न्याय पाको छ ।
संविधान यो
सहिदका सपना
पूरा हुने भो ।
यो संविधान
गरिब निमुखाको
गरोस् कल्याण ।
यो मूल मन्त्र
संविधान पाएर
हामी स्वतन्त्र ।
हैन आपत्ति
संविधान सबैको
बनोस् सम्पत्ति ।
दुर्गा अधिकारी भमरकोटे ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend