logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपालमा २०२१ सोरेन्टो हाइब्रिड एसयुभी सार्वजनिक गर्दै किया


  • जन आकाश
  • मंगलबार, असोज ५ २०७८

काठमाडौ । कियाले नेपालमा आफ्नो ब्रान्डको पहिलो हाइब्रिड एसयुभी सार्वजनिक गर्ने तयारी गरेको छ । कोरियाली अटो निर्माता कियाले २०२१ सोरेन्टो हाइब्रिड एसयुभी नेपालमा सार्वजनिक गर्ने तयारी गरेको हो ।



कारको हकमा ‘द लार्जेस्ट हाइब्रिड एसयुभी’ शब्दमा मात्र सीमित नभएर यसले पारखीलाई उत्साहित पनि गर्न सक्नुपर्छ । कोरियाली अटो निर्माता कियाले आफ्नो सात सिट क्षमताको किया सोरेन्टो हाइब्रिडमा उक्त अवधारणालाई निकै दमदार तरिकाले लागू गरेको बताएको छ ।

विगत हेर्ने हो भने किया एसयुभीहरु कीर्तिमानी बिक्रीका साथ बजारमा प्रभाव जमाउँदै भविष्य तर्फ अग्रसर भएको देखिन्छ । नयाँकिया सोरेन्टो हाइब्रिड सडक ओगट्ने मात्र नभएर आम कल्पना भन्दा बाहिरको वातावरणीय पहल पनि हो ।

२०२१ सोरेन्टो हाइब्रिडमा १.६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाटको इलेक्ट्रोमेग्नेटिक मोटर सहितको १.४९ किलोवाट आवर ब्याट्री छ, जसले गर्दा २०२१ सोरेन्टोलाई जुनसुकै कठिन भूभागमा लैजान सकिन्छ । स्वच्छ र हरित भविष्यका लागि सोरेन्टो हाइब्रिड एउटा हरित विकल्प पनि हो ।

यो हाइब्रिड समानान्तर ड्राइभ प्रणालीको टिएमइडी संरचनामा आधारित छ, जुन तार मार्फत फुल गियर बक्समा परिवर्तन हुन्छ र ड्राइभिङलाई रोमाञ्चकारी बनाउँछ । नयाँ सोरेन्टोमा अतुलनीय शक्ति मात्रै छैन, यसमा १०५४ किलोमिटरको यात्रा तय गर्न पुग्ने फ्युल ट्यांक पनि छ । नयाँ सोरेन्टोमा स्टेसनरी पोजिसनमा छलाङ मार्न विद्युतीयमोटर र टिजिडिआई पेट्रोल इन्जिन दुवै छ ।

सुरुमाकिया सोरेन्टोले २५ किलोमिटर प्रतिघन्टा दौडिन विद्युतीय मोटर प्रयोग गर्छ, त्यसपछि टिजिडिआई पेट्रोल इन्जिनले यसलाई अघि बढाउँछ । गति बढाउँदा यसले पावर स्प्लिट ट्रान्स मिसन मार्फत विद्युतीय मोटर र टिजिडिआई पेट्रोल इन्जिन दुवै प्रयोग गर्छ ।

सातवटा एयर ब्याग, लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम र अन्य थुप्रै सुरक्षा विशेषताले यात्रुलाई भरपूर सुरक्षा सुनिश्चित गर्दछन् ।

नयाँ सोरेन्टो हाइब्रिडमा असाधारण ड्राइभ मोडहरु छन् । यसलाई सडकको अवस्था अनुसार नर्मल, स्पोर्ट, इको, स्मार्ट, स्यान्ड, मड र स्नो मोडमा ड्राइभ गर्न सकिन्छ । जसले सडकमा अतुलनीय रोमाञ्चकता प्रदान गर्दछ भनि किया नेपाली बिक्रेता कन्टिनेन्टलले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend